गृहपृष्ठ समाचार पांच एयरलाइन्सले पाए चार देशमा उडान अनुमति

पांच एयरलाइन्सले पाए चार देशमा उडान अनुमति

चीन, टर्की र कतारका लागि हप्तामा १–१ तथा भारतका लागि हप्तामा २ वटा उडान हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति:

काठमाडौं – सरकारको एक सातामा पांच एयरलाइन्सलाई उडान अनुमति दिएको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि सरकारले वैशाख तेस्रो सातादेखि हवाई उडानहरु रोकेको थियो ।

मन्त्रिपरिषदको जेठ १३ मा बसेको बैठकले चीन, टर्की र कतारका लागि उडान खुला गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयानुसार अब ३ देशका लागि हवाइ उडान खुला भएको हो । त्यसैगरी भारतमा हुंदै आएको उडान पनि निरन्तर सुचारु हुनेछ ।

नागरीक उड्डयन प्राधिकरणकाअनुसार अब हरेक हप्ता ५ वटा नियमित उडान हुनेछन् । चीन, टर्की र कतारका लागि हप्तामा १–१ तथा भारतका लागि हप्तामा २ वटा उडान हुने प्राधिकरणले जनाएको छ ।

सम्बन्धित् समाचार