Monday, June 21, 2021
युनिकोड

कसरी बिदा गरौं उज्वल तिमीलाई ?

आज आकाशबाट उज्वल तारा झरी बिलाई गए ।

यस धर्तीमा तिमी देश उज्वल बनाउँछु भन्थ्यौ ।

विधाताले लुकामारी खेल खेलाई हामीबाट छिनी लग्यौ ।

बैगुनी कोरोनाबाट अपुरणिय क्षति भयो ।

उज्वल तिमीलाई कसरी बिर्सौँ ?

सामाजिक सेवामा दिन रात खटिने परामर्श दाता भएर सबैलाई मार्ग निर्देशित गर्ने !

विवेकशील योद्धा जसले देश विदेशका नेपालीहरूको प्रेरणा !

साझा विवेकशीललाई टुक्राउन नदिएर एउटा लक्ष्य बोकेको आभास दिलाउने विवेकशील पार्टीमा आशा गर्न लायक रणनीति बनाएर राजनीतिक आन्दोलन सधैँ नेताहरूलाई सकारात्मक मार्ग निर्देशन गर्ने होसियारी गर्न युवा सक्तीलाई उत्प्रेरित गरेको तथ्य अब इतिहासमा रहने भयो ।

देश विदेशका सचेत नागरिकहरूलाई गोलबन्दी बनाउने अभियानका नायक उज्वल थापा तपाईँले संस्थापक भूमिकाले विवेकशीललाई आज सम्म दोहराएको योगदान हामी कसरी बिर्सन सकौँ ।

प्रभुको लीला भनेर चित्त बुझाउनु बाहेक अब केही बाँकी रहेन ।

कोरोनाबाट मुक्त भएको नेगेटिभ रिपोट आए पछि कसरी तपाईँले मृत्यु वरण गर्नु भयो ।

पापी कोरोनाबाट मुक्त भएको खबरले खुसी भएका मात्र थियौ ।

अप्रत्याशित खबरले मर्माहत भएका छौ ।

औषधी उपचारको लागी कालो धनको छाया पर्न नदिने तपाईँको परिवारलाई सलाम ।

तर पनि तपाईँलाई बचाउन सकेनौ देश विदेशबाट सहयोग र शुभकामना बाबजुद पनि तपाई हामीबाट टाढा हुनु भयो ।

अल बिदा तपाईँको यस अपुर्बनिय क्षतिको आभास सधै भरी खत्किने छ ।

तपाईँको आत्माले शान्ति पाओस् भगवाण सँग हामी सबैको यही प्रार्थना छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै