गृहपृष्ठ समाचार सीए चित्रकारको निधन

सीए चित्रकारको निधन

प्रकाशित मिति:

काठमाडौं–प्रतिष्ठित सीए कोमल बहादुर चित्रकारको निधन भएको छ । नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान) का प्रथम अध्यक्ष तथा एसियाली लेखाव्यावसायी महासंघ (साफा) का पूर्व अध्यक्ष समेत रहेका चित्रकारको सोमबार निधन भएको हो ।

७९ वर्षिय चित्रकार कोरोना संक्रमणबाट ग्रसित थिए । उनको निधन भने संक्रमणमुक्त भए पश्चात भएको बुझिएको छ ।

उनको निधन पछि आइक्यानका अध्यक्ष सीए मदनकृष्ण शर्माले शोक विज्ञप्ति जारी गर्दै चित्रकार जस्तो ऐतिहासिक महत्व भएका व्यत्तित्वको निधनबाट संस्था र लेखा व्यावसायीले अभिभावक गुमाएको उल्लेख गरेकाछन्।

चित्रकार लेखा व्यावसायको धरोहर, लेखा व्यावसायको उत्थान, विकास, सम्वद्र्धन र प्रवद्र्धनमा नेतृत्वदायी भूमिका निभाएको भन्दै नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान) का अध्यक्ष आनन्दराज शर्मा वाग्लले पनि दुःख व्यक्त गरेकाछन्।

सम्बन्धित् समाचार