Sunday, June 20, 2021
युनिकोड

उपत्यकाको निषेधाज्ञा जेठ भर , खाद्यान्न र निर्माणका काममा खुकुलो बनाउने तयारी

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ भर  लम्बिने भएको  छ ।

मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच निषेधाज्ञा थप्नेबारे छलफल भएको र  छलफलले अहिलेको निषेधाज्ञालाई केही खुकुलो बनाएर १० दिन थप्ने निष्कर्ष निकालेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

छलफल भएको भएपनि निर्णय सार्वजनिक भइसकेको छैन । प्रजिअ पराजुलीले थप छलफल पछि भोली निर्णय सार्वजनिक हुने बताए ।

निषेधाज्ञा थपिए पनि खाद्यान्न पसल तथा निर्माण का काममा केही खुकुलो बनाउने तयारी भएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै