जसपामा एकले अर्कोलाई निस्कासन, ठाकुर पछि यादव निकालिए

काठमाडौं-राष्ट्रिय जनता पार्टी भित्र एक अर्कोलाई निस्कासनसम्ममा पुगेको  छ । पार्टीमा बहुमत सहितका अध्यक्ष  उपेन्द्र यादवलाई महन्थ ठाकुर पक्षले  साधारण सदस्य समेत नरहने गरि निकालेको छ।

ठाकुरले उपेन्द्रलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको ठाकुर निकट नेता डा.सुरेन्द्र झाले बताए ।

मधेसको हित विपरीत गतिविधि गरेको, मधेसका मुद्दा सम्बोधन हुने बेला उल्टै सम्बोधन हुन नदिने काममा सक्रिय रहेको जस्ता आरोप उपेन्द्रमाथि लगाइएको झाले बताए।

झाका अनुसार ठाकुर पक्षले यादवलाई मात्र पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको छ। यादवले भने ठाकुर लगाए राजेन्द्र महतो, सर्बेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निकाल्ने निर्णय गरेका छन्।

यसअघि (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको थियोे  ।

बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको हो ।





Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै