Sunday, June 20, 2021
युनिकोड

बन्दना घिमिरेका दुई लघुकथा

साैता

फेसबुकले गर्दा बिद्यालय पढदाका साथिहरु बर्षाैपछि एकआपसमा जाेडिएका र फुर्सदको  समयमा गफगाफ गर्ने  क्रममा दुई  साथिहरु गफ गरेकाे म आफ्नै घरकाे छतबाट सुनिरहेकी थिए ।

मेसेन्जरमा गफ गर्ने यता पट्टि  मेरी छिमेकी दिदी  हुनुहुन्थ्यो  भने उताबाट  पुरुष आवाज सुनिएकाे थियाे । हालखबर साेधखाेज गरेपछि शिक्षा,बिबाह, पेशा र छाेरा -छाेरी सम्बन्धी  खबर आदान प्रदान भयाे ।

पुरुष मित्रले भन्नुभयाे ” विवाह भएकाे २५/ २६ बर्ष भईसकेछ कस्ताे चल्दै छ त बैबाहिक जीवन  ?”

” ठिकै छ, राम्रै चल्दै छ । “

 “बुढाकाे सबै बानी ब्यबहार राम्राे छ ?  केहि नराम्रो  बानी छैन ?” 

“एकछिन साेचेझै गरेर , “छन् दुईवटा  बानी नराम्रा ।” 

– “के के छ ?”

“एउटा  कान नसुन्ने र अर्कोचाँही झर्किने ।”

“कहिले देखि ? बिहे हुदाँ देखि कि पछि ?  किन झर्किने ?”

“सधैंभरि  कान नसुन्ने  झर्किने हाेईन  नि ! मेरा बुढाका म बाहेक दुईवटी बुढीहरु छन । ती बुढीहरु सँगै भएका बेलामा नजिकै गएर बाेलाउदा पहिला त कान नै सुन्नुहुन्न । सुनिहाले पनि झर्कनु हुन्छ ।”

 (स्वर  सानाे सुनिन्छ ) “ओहाे तिम्राे त २/२वटी साैता पाे छन । कठै !  बिहे गरेकाे कति बर्षमा पायाै नि ! साैता ?”

“पहिली चाहिँ मेराे बिबाह गर्दा बुवा- आमाले म सँगै पठाईदिनु भएकाे, दाेस्री चाहिँ ३ बर्ष जति भयाे ।”

“ए हाे र ?  उनीहरु कहाँ  छन त, अचेल ?

 “यही  छन् सँगसँगै ।  कहाँ  जाउन् र ? बिचरी ! कान्छी ल्याएपछि  ती पहिलीलाई हेरेकाे भएपाे  !  ती त चुप चाप बसिरहन्छीन् ।  दया लागेर कहिले काहीं  म यसाे हेर बिचार गरिदिन्छु । कान्छी चाहिँ  बुढासँग अफिस आउजाउ पनि गर्छे  । 

पहिली मैले हेरिदिए बाेल्छे नत्र चुपचाप  टि.भी. केविनेट भित्र बसिरहन्छे । दाेस्री  चाहिँ दुई वर्ष अगाडि  छाेरीकाे कन्भाेकेशनमा जादाँ अमेरीका बाट मैले नै ल्याई दिएकाे आईफाेन- १०”


लैङ्गिक हिंसा

“उफ ! थकाइ  लाग्यो  आज त दिनभरी एकछिन फुर्सत  भएन”भन्दै  बुढा अफिसबाट आउनासाथ ओछ्यानमा पल्टिए ।

” खाजा के खानुभयाे ? मेराे त आज खाजा खाने पनि फुर्सत  भएन । बिहान लगेकाे टिफिन खानै नपाई फिर्ता ल्याए ।” बुढीले भनिन ।

” ए ! अब खानु नि, मैले आज खास त्यस्तो  केही खाईन खाजा सेट र चिया मात्रै  हाे । चिया ख्वाउ है । जाडाे भयाे ।”

भान्सामा पसेर बिहानैदेखिकाे भाँडा सफा गरिन । चिया पकाईन दुवैले सँगै बसेर खाए । बुढा माेबाईलमा हेर्न  थाले । बुढीेले  भान्सा ठिक गरिन। खाना खाए  । जुठाे-चुलाे सकेर काेठामा पसिन । छाेरा- छाेरीसँग फाेन गरीन ।

“लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियान सम्बन्धि कार्यक्रममा  आज  बाेल्नु पर्‍याे ।

बाेल्नु पर्ला भनेर साेचेकाे पनि थिईन, तर बाेले कस्ताे भयाे कुन्नि ? साथीहरूले ठिकै भाकाे थियाे,  भिडियाे खिचेकाे छु पठाई दिन्छु भन्नुभएको  थियाे । पठाउनु भयाे कि  !” भन्ने साेच्दै मेसेन्जर हेर्दै थिईन ।

बुढाले भने ” कति माेबाईलमा झुन्डिएको ? भाेलि बिहान ८ बजे नै कार्यक्रममा  जानू छ । लुगामा अहिले नै आईरन गरिदेउ त। म यसाे भाेलिकाे कार्यक्रममा  बाेल्न  बुदाँ टिपाेट गर्छु ।” 

बुढाकाे लुगामा आईरन गरिसके पछि के के रहेछ  ? बाेल्न लेखेकाे  बुदाँ भनेर यसाे हेरिन । लेखिएका  बुँदाहरु यस्ता  रहेछन । 

१.लैङ्गिक हिंसा भन्नाले बलात्कार, कुटनु, मार्नु  मात्रै  नभई हाम्राे घरपरिवारमा हुने साना तिना घरेलु ब्यबहारिक कुराहरु पर्दछन  हेप्नु , जिस्काउनु, अर्काकाे मनमा मानसिक  ठेस पुर्र्‍याउनु पनि हिंसा हाे । 

२.सकारात्मक  परिवर्तन  आफैबाट शुरु गर्नुपर्छ । सर्बप्रथम अहिलेकाे २१ ओैं शताब्दीमा  बुढाबुढी बराबर भएकाेले आ- आफ्नाे ब्यक्तिगत  सर- सफाई  सम्बन्धि काम आफै  गर्नुपर्छ । 

३. बिल गेट्स जस्ता बिश्व कै धनीले  पनि बेलुकी काे खाना आफै बनाएर खाने र दुवैजना मिलेर घरकाे सर सफाइ  गर्ने गरेकाे पत्र पत्रिकामा  पढन पाईन्छ  ।

 ४.

५.

६.

३ नम्बर भन्दा तल उनले पढन नै सकिनन्  । 

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै