Monday, June 21, 2021
युनिकोड

थप ६८ जना संक्रमितको मृत्यु, थप ६ हजार ८५ जनामा संक्रमण पुष्टि


काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ६८ जनाको मृत्यु भएको छ । थप ६ हजार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १ सय ४७ पीसीआर परीक्षण र ३ हजनर १८ एन्टिजेन गरी जम्मा २० हजार १ सय १६ परीक्षणमा ६ हजार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार ८ सय ९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ रहेको छ । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै