Monday, June 21, 2021
युनिकोड

खोर र साङलोमा बाधिएको बालापन

६ वर्षिया नहला भोकै थिइन्, खाना अड्किएर गयो ज्यान

ह्वैदा साद, लेबनान

नहला अल ओथमान, साङलोमा मा बाधिएको देखिने यस बालिकाको नाम हो । उ कुपोषणबाट ग्रसित थिईन । छिटो छिटो खान खानाले खाना अडकीएर उनको ज्यान नै गयो ।

छोटो जिवनकालमा नहलाले धेरै संघर्ष देखिन तथा सहिन पनि ।

युद्धले गर्दा सीरियाईहरुले भरिएको एउटा शिविरमा उनि आफ्ना बाबा संग बस्थिन ।

सीरियाको त्यो शरणार्थी शिविरमा उनी नहराओस भनेर प्रायजसो दिउसो उनको बुबाले उनलाई साङलोले बाधेर राख्थे ।

राती पनि उनलाई खोर जस्तो बिस्तारामा सुताइन्थ्यो ।

यमनको एक आप्रवासी शिविरमा आगलागी हुँदा आठ जनाको मृत्यु

शिविरको सुपरवाइजर हिशाम अली उमरका अनुसार धेरै पटक उनीलाई साङलोले न बान्धन उनको बुबालाई आग्रह गरियो तर उनले कहिले मानेनन् ।

यसै महिना हतार हतारमा खाना खानाले खाना घाँटीमा अड्किएर उनको मृत्यु भयो ।

साङ्लोमा बाधिएको नहलाको तस्विर बाहिरिए पछि संसारले थाहा पायो की सीरियाको उत्तरमा अवस्थित रहेको शरणार्थी शिविरमा लाखौं मानिसहरुको जिवन कति कष्टकर छ ।

उनको बुबालाई पनि पक्राउ गरिएको थियो ।

नहला आफ्नो परिवारको साथमा उत्तर पश्चिमी सीरियाको विद्रोहीहरुको नियन्त्रणमा रहेको फरजल्लाह शिविरमा बस्थिन । त्यहाका शरणार्थीहरु जतिबेलापनि बम–गोली को त्रासमा बाच्नु परेको अवस्था छ ।

वास्तवमा यहाँका शिविरहरुमा बालबालिकाहरुको लागि परिस्थिती निरन्तर जटिल हुदै गईरहेको छ । कैयो दिन सम्म पनि यस शिविरमा खानाको अभाव रहन्छ जसले गर्दा कुपोषण पनि चरम बढ्दै गएको छ । नहला पनि यसै दुःखद् परिस्थितीको शिकार भईन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै