गृहपृष्ठ समाचार चीनले अनुदानमा प्रदान गरेको ८ लाख डोज खोप आइपुग्यो

चीनले अनुदानमा प्रदान गरेको ८ लाख डोज खोप आइपुग्यो

चीन सरकारले अनुदानस्वरुप प्रदान गरेको भेरोसेल भ्याक्सिन मंगलबार दिउँसो काठमाडौं आइपुगेको छ ।

प्रकाशित मिति:

काठमाडौं – चीन सरकारले अनुदानस्वरुप प्रदान गरेको भेरोसेल भ्याक्सिन आज (मंगलबार) दिउँसो काठमाडौं आइपुगेको छ ।
चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । आज (मंगलबार) नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको छ ।

बाँकी दुई लाख खोप तिब्बतले दिनेछ । यसमध्ये ५० हजार ४०० डोज खोप मंगलबार विहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण भइसकेको छ । अर्को ५४ हजार २०० डोज साँझ काठमाडौं आइपुग्ने छ भने ९९ हजार २०० डोज खोप भोलि विहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्याक्सिन लिनका लागि क्याप्टेन विजय लामाको टोली सोमबार राति बेइजिङ उडेको थियो । यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।

सम्बन्धित् समाचार