Thursday, June 17, 2021
युनिकोड

राजेन्द्र महतो र महन्थ ठाकुरसहित ४ नेता जसपाबाट निष्कासित

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टी निर्णयविपरीत काम गरेको भन्दै चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको हो ।

७ जेठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षर गरेपछि ठाकुरसहित चार नेतालाई अध्यक्ष यादवले स्पष्टीकरण सोधेका थिए ।

११ जेठमा तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएकोमा ठाकुर पक्षले पनि उल्टै यादवलाई स्पष्टीकरण सोधेको थियो । फेरि १५ जेठमा २४ घण्टे स्पष्टीकरण पत्र पठाएका यादवले मंगलबार बैठक राखेर निष्कासनको निर्णय गरेका हुन् ।

जसपाले निष्कासनबारे निर्वाचन आयोगलाई पनि जानकारी गराएको छ । आयोगमा दर्ता गरिएको पत्रमा जेठ १७ गते पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणीको बैठकले निष्कासनको निर्णय गरेको उल्लेख गरिएको छ । जेठ ८ गतेको कार्यकारिणीको बैठकको निर्णयअनुसार पटकपटक स्षटीकरण सोध्दा नदिएकाले कारबाही गरिएको भन्दै आयोगको आफ्नो दलको दर्ता किताबबाट उनीहरुको नाम हटाउन पनि अनुरोध गरिएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै