गृहपृष्ठ समाचार विवेकशीलका साझा पार्टीका नेता उज्ज्वल थापाको निधन

विवेकशीलका साझा पार्टीका नेता उज्ज्वल थापाको निधन

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।

प्रकाशित मिति:

काठमाडौं – विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको आज (मंगलबार)अपराहृन निधन भएको हो ।

कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो ।

मेडिसिटी अस्पताले वक्तव्य जारी गर्दै आज (मंगलबार ) अपराहृन ४ बजेर २५ मिनेटमा उनको असामयिक निधन भएको जनाएको छ ।

सम्बन्धित् समाचार