समस्या कालो कोटमा होइन, कालो सोचमा छ प्रधानमन्त्रीज्यू : प्रवक्ता शर्मा

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार न्यायाधीशमाथि गरेको गरेको टिप्पणीको आज मंगलबार जवाफ फर्काएका छन् ।

प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीले सोमबार एमालेको भातृ संगठन युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पु¥याउँदैछन् भन्ने गरेको टिप्पणीलाई लिएर आज मंगलबार विहान सामाजिक संजाल ट्वीटर मार्फत समस्या कालो कोटमा नभइ कालो सोचमा रहेको जवाफ फर्काएका हुन् ।

उनले भनेका छन्, ‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दिब्यज्ञान ? प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ । देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब ।’

प्रधानमन्त्रीको अभिव्यक्तिबारे कांग्रेस प्रवक्ता शर्माले समस्या कालो कोटमाभन्दा पनि कालो सोचमा रहेको उल्लेख गर्दै ट्वीट गरेका छन्, ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू, व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ ।’

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै