सरकार कुहिरोको काग बनेर राष्ट्रपतिलाई खोपको भीख माग्न लगायो : भट्टराई

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा जसपामा संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारले समयमै कोरोना विरुद्धको खोप उपलब्ध गराउन नसकेकोमा विरोध जनाएकाछन् ।

उनले मंगोलियाले रुस र चीनको खोप पुर्याउँदा नेपाल राष्ट्रपतिलाई माग्न लगाएर कुहिरोको काग भएको बताएका छन् ।

‘कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो।हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रूस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो? सरकार खुराफातमा मस्त हुने सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाउने? खै लाजशरम? ’ उनले भनेकाछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको समन्वयमा चीनले उपलब्ध गराएको १० लाख डोज भेरोसेल खोप आउँदैछ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै