Monday, June 21, 2021
युनिकोड

चीनले दिएको खोप आज नौ लाख र भोली एक लाख आइपुग्ने

काठमाडौं– चीन सरकारले दिएको आज (मंगलबार) नौ लाख कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आउँदैछ । चीनले अनुदानमा दिने भनेको १० लाख भेरोसिल खोपमध्ये नौ लाख डोज खोप मंगलबार र बाँकी एक लाख बुधबार आउने भएको हो ।

त्योमध्ये आठ लाख चीनको राजधानी बेइजिङबाट ल्याउन नेपाल वायुसेवा निगमको मेडिकल कार्गो विमान सोमबार राति नै बेइजिङ गइसकेको छ । उक्त विमानबाट मंगलबार दिउँसो २ बजे काठमाडौंमा खोप ल्याइसकिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

त्यस्तै चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने दुई लाखमध्ये मंगलबार एक लाख र बुधबार एक लाख खोप ल्याइने छ ।

दुवै खोप हिमालयन एयरलाइन्सका चार्टर्ड विमानमार्फत ल्याइने छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै