Sunday, June 20, 2021
युनिकोड

बाघको आक्रमणबाट एक महिलाको मृत्यु


बर्दियामा ­ -पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया ती महिलालाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले जानकारी दिएका छन् । रासस

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै