Thursday, June 17, 2021
युनिकोड

नेप्से सूचक दोहोरो अंकले घट्यो

काठमाडौं – साताको दोस्रो दिन आज (सोमबार)को कारोबारमा नेप्से सूचक दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४५.२५ अंकले घटेर २७८२.६८ को बिन्दुमा पुगेको हो ।

आज १३ अर्ब ९० करोड ९१ लाख १३ हजार २ सय ९१ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१८ कम्पनीको ३ करोड ८ लाख ८८ हजार ६ सय ९५ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज राधी विधुत कम्पनी र सेन्ट्रल फाईनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको समूहगत सुचक घटेकोे छ । हाईड्रोपावर समुहको सूचक सर्बाधिक बढि ४.३१ प्रतिशतले घटेको छ ।

आज राधी विधुत कम्पनिको सबैभन्दा धेरै ९१ करोड ०८ लाख र लुम्बिनी विकास बैंकको ४० करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज मात्र राधी हाइड्रोले १४७ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै