तोलामा २ सयले बढ्यो सुनको मूल्य

काठमाडौं – आज सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । आइतबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सयले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि २ सयले नै बढेर ९३ हजार ७ सय प्रतितोला रहेको छ । आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमै कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ७ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ३ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ६६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै