Thursday, June 17, 2021
युनिकोड

८ मन्त्री र २ राज्यमन्त्री सहित जसपाको ठाकुर समूह सरकारमा जाने !

काठमाडौं– ओली नेतृत्वको सरकारमा जाने नजाने भन्ने मै विवाद देखिएर फुट नजिक पुगेको जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूह अन्नत सरकारमा जाने भएको छ ।

सरकारमा सहभागी हुने तयारीमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन् ।

सरकारमा जाने कुरामा यस अघि नै सहमत देखिएको यो समूहले राखेका केही माग सरकारले पुरा गरेसँगै तत्परता अगाडि बढाएका हो । सरकारमा जाँदाजाँदै जसपाका अन्य मागमा समेत छलफल हुने बुझिएको छ ।

जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ र थप २ राज्यमन्त्रीको समेत सभांवना रहेको जसपा निकट एक स्रोतले बताएको छ ।

पार्टीको कार्यकारिणीमा अल्पमतमा रहेको यो समूहका विघटित प्रतिनिधिसभामा २० जना सदस्य थिए ३२ सांसदमध्ये बाँकी उपेन्द्र यादव समूहमा थिए । कार्यकारिणीमा यादवको पकड छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै