Thursday, June 17, 2021
युनिकोड

कोरोनाबाट श्रीमानकाे मृत्युपछि श्रीमतीले गरिन् आत्महत्या

डडेल्धुरा – कोरोनाले श्रीमान्को मृत्युपछि कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी छन् । डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी उनकी श्रीमतीले आत्महत्या गरेकी छन्।

श्रीमानकाे संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गरेकी हुन् । शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गुमाएका कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेको वडाध्यक्ष खगेन्द्र रावतले बताएका छन् ।

रावतका अनुसार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जनाले गत वर्षको असोजमा मात्र विवाह गरेका थिए । मृतक कठायतको शनिबार अन्त्येष्टि गरिएको छ भने उनकी श्रीमती सरिताको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको बताइएकाे छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै