तिलगंगास्थित शारदा माविमा आइसोलेसन सेन्टर

काठमाडौं–काठमाडौं महानगरपालिका वडा ९ तिलगंगास्थित शारदा माविमा कोरोना संक्रमितहरुका लागि आइसोलेसन सेन्टर संचालनमा आएको छ। घरमै आइसोलेसनमा बस्न असहजहुनेहरुका लागि आइसोलेसन निर्माण गरिएको सेन्टर व्यवस्थापन समितिका सदस्य एवम् मिरमिरे युवा समाजका अध्यक्ष दिनेश विक्रम शाह जानकारी दिए ।

उनले विभिन्न संस्थामा सक्रिय युवाको सक्रियतामा आइसोलेसन सेन्टर स्थापना गरिएको बताए । उनले भने, ‘दोस्रो लहरमा प्रवेश गरेपछि हामी स्थानीय युवा सक्रिय रह्यौं। पहिलो लहर फैलिएको बेलामा पनि हामी विभिन्न संस्थाबाट सक्रिय रहेका थियौं। यसपटक छरिएर भन्दा एकजुट भएर आइसोलेसन सेन्टर संचालन ग¥यौं।’

सक्रिय कोरोना संक्रमित घरमा रहँदा परिवार र समाजमा संक्रमण फैलिन सक्ने भएकाले ’चेन ब्रेक’ गर्न आइसोलेसन सेन्टर निर्माण गरिएको उनले बताए। घरमा असहज हुँदाहुँदै पनि बस्दा संक्रमितको स्वास्थ्य र घरभर संक्रमणको जोखिम हुने हुनाले गाह्रो भए सेन्टरमा आउन उनले आग्रह गरे।

आइसोलेसन सेन्टरको संचालनको लागि रोटरी क्लव ठमेल र बानेश्वर लगायतले पनि आर्थिक सहयोग गरेका छन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै