Sunday, June 20, 2021
युनिकोड

कृषिमा परम्परागत तरिका, श्रम छ उपलब्धी छैन

मुगु – सरकारले कृषिमा आत्मनिर्भर बन्नको लागि विभिन्न कार्यक्रम लिएर आएको बताउँछ । हरेक वर्षमा कृषिलाई व्यावसयिक र आधुनिकिकरण गर्ने योजना पनि सुनिन्छ तर दुर्गम जिल्लाहरुमा न त सरकारको बजेट नै पुगेको छ न त गरिएकै खेतीबाट पनि आत्म निर्भर बन्ने अवस्था छ ।

‘ कृषिमा आत्मनिर्भर बनौं र कूषि यन्त्रिकरणबाट प्रर्वधन गरौं’ भन्ने अभियानलाई स्थानीय तहदेखि संघसम्मले अभियानका कुरा गदा मुगु जिल्लाका महिलाहरुलाई कृषि क्षेत्रमा ग्रामिण परम्परागत तरिकाबाटै खेती गर्न बाध्य छन् । स्थानीय तह, जिल्ला कृषि विकास कार्यालय र प्रादेशिक कृषि विकास कार्यालयहरूबाट आधुनिकिरण कृषि ज्ञान, शिप नपाउँदा दुर्गम जिल्लाका महिलाहरु उहीँ परम्परागत खेती प्रणालीबाट आफ्नो खेतबारी खेती गर्न बाध्य भएका हुन् ।

हिमालि भेग भएकाले जिल्लामा वर्षमा एक बाली मात्र लगाइने गरिन्छ । यो सिजनमा कार्तिके बाली कोदो र पाखा छर्ने धान लगाईने गरिन्छ ।

छायानाथ रारा नगरपालिका ५ कार्किवाडा गाउँकी माया रावलले यसरी परम्परागत ढङ्ग बाट खेती गर्दा घामपानी सहेर कष्टकर भएर दिनभरि गोडमेल गर्दा पनि खान पुग्ने उत्पादन पनि नहुने बताउँछिन् । ‘ एउटा गरा गोडमेल गर्नमा ३ देखि ४ दिनसम्म समय लाग्छ ,यसरी कष्टकर गरि परम्परागत कोदो र भुवा धान खेति गर्दा पनि कार्तिकको टिप्ने सिजनमा राम्रोसँग कोदो र धान बस्दैन आखिर ज्याला मजदुर गरेर परिवार लाई पाल्नुपर्छ’ उनले भनिन् ।

मायाले सरकारले आधुनिक कृषि सम्बन्धी ज्ञान दिए आफू जस्ता कृषकलाई व्यवसायिक कृषिमा लाग्न सजिलो हुने बताउँछिन् ।

जिल्ला कृषि विकास कार्यालय भने यान्त्रिकरणमा सहयोग गर्दै आएको बताउँछ । कार्यालयका बागवानी अधिकृत तृर्थराज देवकोटाले जानकारी कृषकलाई कृषि यान्त्रिकरण कार्य विधि अनुसार प्रदान गर्ने गरिएको बताउँछन। परम्परागत खेती प्रणालीबाट कामगर्दै आएका कृषकको हकमा भने आधुनिकिकरण तालिम सम्बन्धी कुनै योजना नभएको उनको भनाइ छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै