Monday, June 21, 2021
युनिकोड

जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति

टोकियो – जापानमा फाइजरको कोरोनाभाइरस विरुद्धको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो ।

फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो । १६ बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यसअघि देखि नै यो खोप उपयोग हुँदै आएको थियो ।

मन्त्रालयले आगामी सोमबार सो समूहका लागि फाइजार खोप निःशुल्क उपलब्ध गराउने निर्णय सरकारले गर्ने अपेक्षा पनि गरेको छ ।

यो खोप उनीहरुलाई उपयोग गर्न उपयुक्त हुन्छ की हुँदैन भन्ने बारेमा चिकित्सकीय परीक्षणका लागि दुई हजार २६० बालबालिकालाई लगाइएको थियो ।

परीक्षणबाट सकारात्मक नतिजा आएपछि विज्ञ तथा सरोकारवालाहरुले खोप १२ देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई पनि लगाउने अनुमति दिन सकिने सुझाव दिएका हुन् ।

स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा खटिएका वयस्क व्यक्तिहरुलाई फाइजरको खोप लगाउने अनुमति भने जापानमा गत फेब्रुअरीमा नै दिइएको थियो ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै