अधिवक्ताहरूले प्रधान्यायाधीशलाई सुझाए , ‘श्रीमान् विदामा बस्नुस्’

काठमाडौं – प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा आज पनि न्यायाधीशबारे प्रश्न उठेको छ ।

प्रश्न न्यायाधीशमामात्र हैन प्रधानन्याधीशमा समेतमा पुगेको छ । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा लगायतले न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यो मुद्दा हेर्न नमिल्ने उनीहरुको जिकिर गरेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले न्यायाधीशमा बायस नहुने बताए ।

उनीहरूले नेकपा विवादको मुद्धा हेरेको र त्यो फैसलामा नखोजेकोे क्षेत्रमा प्रवेश गरिएको अधिवक्ताहरुको तर्क छ ।

सँगै उनले अघिल्लो संवैधानिक इजलासमा आफू पनि रहेको भन्दै उनले आफ्नो हकमा चाहिं किन प्रश्न नउठाएको भनेर प्रश्न गरेका थिए ।

जवाफमा वरिष्ठ अधिवक्ता थापाले भने, ‘श्रीमान् विदामा बस्नुभए हुन्छ ।’

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै