विपक्षी दलको चेतावनी दीर्घकालिन असर पार्ने काम नगर्नु

काठमाडौं– विपक्षी गठबन्धनले सरकारलाई कुनै पनि दीर्घकालिन प्रभाव पार्ने काम नगर्न चेतावनी दिएकाछन् ।

संघीय संसदबाट जारी भएको बजेट संविधानको अवहेलना हुने गरि अध्यादेशबाट जारी गरिएको र स्वेच्छाचारी बनेको उनीहरुको दावी छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार जुटेका विपक्षी दलका शीर्ष नेताहरू छलफल पश्चात विज्ञप्ती जारी गरेका हुन् ।

सरकार विरुद्ध रणनीति तय गर्न प्रतिपक्षी दलहरूले सक्रियता देखाएकाछन् । अगाडि देखि नै सरकार विरुद्ध कुनै न कुनै किसिमबाट दवाव दिएका दलहरू सरकार बनाउन एक ठाउँ देखिएका थिए ।

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाका १४९ सांसदले हस्ताक्षर गरेर पनि प्रयास सफल नभएपछि अहिले न्याय खोज्दै अदालतमा रिट दायर छ ।

अदालतमा गत शुक्रबार देखि चलेको सुनुवाइ आज (आइतबार) पनि रहने कार्यक्रम छ । अदालतबाट फैसला नआएको अवस्था आएपनि फैसलासँग जोडेर आएका तर्कले विपक्षी दल शसंकित छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै