Monday, June 21, 2021
युनिकोड

‘रविन्द्र अधिकारी विमानस्थल’ को नाममा विवाद


काठमाडौं–सरकारले ताप्लेजुङ् सुकेटार बिमानस्थलको नाम ‘रविन्द्र अधिकारी विमानस्थल’ राख्ने तयारी गरेसँग यसको विपक्षमा विरोध सुरु भएको छ ।
ऋर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेट भाषणमा सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने घोषणा गरिएसँगै स्थानीयको मर्म बुझ्ने प्रयास नभएको भन्दै विरोघ भएको हो ।

सामाजिक संजालमा कवि तथा अधिकारकर्मी विमला तुम्खेवाले सरकारले स्थानीय पहिचान खोस्ने कामको शिलशिला भएको उल्लेख गरेकी छिन् ।

‘ताप्लेजुङ सुकेटार विमानस्थलको नाम ’रविन्द्र अधिकारी विमानस्थल’ राखिनु आफैमा आन्तरिक उपनीवेश हो, बुझ्नलाई यति नै काफी छ ,यतिका धेरै स्थानीय जनजातिहरुले भनिरहेछन् यो ठाउँ उनिहरुको आस्थाको केन्द्रबिन्दु हो’ उनले लेखेकी छिन्, ‘त्यो ठाउँको रैथाने नाम मुकुम्लुङ, सिरिजंगा, लाल्सोर सेन्दाङ हो तर सरकार बुझ्न चाहँदैन कुरा स्पष्ट छ ,आफ्नै थाकथलोमा पहिचान हराएर बाँच्नुपर्ने आउनेवाला दिनको नमुना ।’

एमाले नेता योगेश भट्टराई पनि यो नामाकरणबाट असन्तुष्ट देखिएका छन् । उनी त्यसको आवश्यकता, औचित्य र सान्र्दभिकताका सवालमा विमर्श हुनुपर्ने बताउँछन् ।

‘ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, सान्र्दंभिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ ।’ सामाजिक संजालमा उनले लेखेकाछन्, ‘यसरीमात्र सहभागीता मुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा बिबाद, बिभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ ।’

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै