Sunday, June 20, 2021
युनिकोड

सरकार विरुद्धको रणनीति तय गर्दै विपक्षी दल

काठमाडौं– सरकार विरुद्ध रणनीति तय गर्न प्रतिपक्षी दलहरूले सक्रियता देखाएकाछन् । अगाडि देखि नै सरकार विरुद्ध कुनै न कुनै किसिमबाट दवाव दिएका दलहरू सरकार बनाउन एक ठाउँ देखिएका थिए ।

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाका १४९ सांसदले हस्ताक्षर गरेर पनि प्रयास सफल नभएपछि अहिले न्याय खोज्दै अदालतमा रिट दायर छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता कृष्णबहादुर महरा र देव गुरूङ, नेकपा एमालेका नेता माधवकुमार नेपाल र भीम रावल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवलगायत नेता छलफलमा जुटेका हुन्।

अदालतमा गत शुक्रबार देखि चलेको सुनुवाइ आज (आइतबार) पनि रहने कार्यक्रम छ । अदालतबाट फैसला नआएको अवस्था आएपनि फैसलासँग जोडेर आएका तर्कले विपक्षी दल शसंकित छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै