Sunday, June 20, 2021
युनिकोड

अर्गानिक काँक्रो खेती प्रविधि

परिचय

काँक्रो खेती न्यानो तथा गर्मी मौसममा खेती गर्न सकिने एक लहरे जातको फल बाली हो जुन तराई देखि मध्य पहाडसम्ममा तथा उच्च पहाडको बेशीमा पनि गर्न सकिन्छ ।

तर आजकाल आधुनिक कृषि पद्धति तथा नयाँ कृषि प्रविधि अनुसार प्लाष्टिक सुरुङ्ग वा बन्द प्लाष्टिक घर भित्र हिँउदमा पनि काँक्रो खेती गर्न सकिन्छ जुन तराई र गर्मी हुने पहाडी बेशी तिर मात्रै सम्भव छ ।

यसलाई लहरे जातको ताजा फलको रुपमा चिनिन्छ र यसमा पानीको मात्रा बढी भएको कारणले गर्दा गर्मी मौसममा बढी उपभोग गर्ने भएकोले यसको माग बढ्दै गइरहेको छ ।

यसमा अन्य तरकारीको तुलनामा पौष्टिकतत्व नपाएता पनि भिटामिन बी र सी केही मात्रामा पाईन्छ र साथसाथै यसको उपभोगले ग्यास्ट्रिक र कब्जियतको लागि फाइदा पुग्दछ र मधुमेह र जण्डिस भएका विरामीलाई पनि प्रशस्त मात्रामा खान दिईन्छ ।

यसको बीउ आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गर्दछन् यसको उपयोग सलाद र जुसको रुपमा र अचार बनाएर खाने प्रचलन छ ।

हावापानी

काँक्रो गर्मी मौसममा लगाईने बालीको रुपमा खेती गरिन्छ किनभने न्यानो तथा गर्मी मौसममा यसको उत्पादन बढी लिन सकिने बालीमा पर्दछ जुन लामो गर्मी मौसम उपयुक्त हुन्छ ।

यसको खेती ६० देखि १५ सय मिटर उचाईसम्मको तराई देखि पहाडी क्षेत्रसम्ममा गर्न सकिन्छ । यसले धेरै तापक्रम र धेरै चिसो सहन सक्दैन र यसले तुषारो पनि खप्न सक्दैन ।

काँक्रोको फूल र फलको साथै बोटको विकास र बृद्धिको लागि २० देखि ३५० सेन्टिग्रेड तापक्रम भएको क्षेत्र उपयुक्त मानिन्छ तर रातको तापक्रम १५० सेन्टिग्रेड भन्दा तल झर्नु हुँदैन । बढी तुषारो र तापक्रम कम भई रहने ठाउँमा यसको खेती गर्न सकिदैन ।

माटो

सफलतापूर्वक काक्रो खेती गर्नको लागि पारिलो जमिन भएको प्राङ्गारिक यूक्त बलौटे दोमट वा बलौटे पाँगो वा दोमट माटोलाई धेरै राम्रो मानिन्छ ।

जमिन पानी नजम्ने ढलको निकास भएको राम्रो व्यवस्था हुनुपर्दछ साथसाथै सिंचाईको पनि राम्रो व्यवस्था हुनुपर्दछ । माटोको पी.एच ५.५ देखि ६.५ कोबीचमा भएको राम्रो मानिन्छ र माटोमा चिस्यान राम्रोसँग भएको हुनुपर्दछ ।

बाली लगाउने समय र जातहरु

बीउ दर

२५–३० ग्राम प्रति रोपनी जग्गाको लागि सिफारिस गरिन्छ वा प्रति रोपनी जग्गाको लागि स्थानीय जातको भएमा १२०–१२५ र बर्णशंकर जातको भएमा २००–२५० जति बेर्ना आवश्यकता पर्दछ ।

नर्सरी व्यवस्थापन तथा बेर्ना उत्पादन

खासगरी लहरे जातको बाली जस्तै काक्रो, फर्सी, लौका, घिरौला, करेलालाई मौसमी खेती गर्दा सिधै खेतबारीमा बीउ रोपेर गर्न सकिन्छ ।

तर बेमौसमी तरकारी खेतीगर्दा नर्सरी गरेर मात्रै खेतबारीमा बेर्ना रोपेर खेती गरिन्छ किनभने गर्मी मौसममा हुने लहरे जातलाई जाडो मौसममा वीउ उम्रिन कठिन हुन्छ ।

त्यसकारण बेमौसमी खेती भन्नुको अर्थ नै मौसम भन्दा ठीक २ वा ३ महिना अगाडि बाली उत्पादन गर्नु हो जसको लागि पौष माघमा नर्सरी राख्नको लागि प्रविधिको ज्ञान थाहा पाउन जरुरी छ ।

यसको लागि प्लाष्टिकको गुमोज वा प्लाष्टिकको सानो हावा नछिर्ने बन्देज घरको आवश्यकता पर्दछ जसलाई खुल्ला जग्गामा सार्ने अवस्था भएपछि मात्र बेर्ना सारिन्छ ।

तर तराई वा पहाडको बेशी क्षेत्रमा लामो अग्लो गुमोज भित्र सिधै वीउ रोपेर खेती गरिन्छ र गर्मी लाग्न लागेको बेला गुमोजको प्लाष्टिक हटाईन्छ । तल विस्तृत रुपमा गुमोजमा बेर्ना उत्पादन गर्ने प्रविधि बारे उल्लेख गरिएको छ ।

क) गुमोज नर्र्सरी व्याड (बसन्त तथा हिउँदे मौसमको लागि)

यस्तो किसिमको नर्सरी अक्सरगरी समय भन्दा केही अगाडि तरकारी उत्पादन गर्न वा जाडो समयमा चाँडै वेर्ना तयार पार्न गुमोज नर्सरी प्रविधि अपनाईन्छ । साह्रै चिसो हुने ठाउँ छ भने तातो नर्सरी अपनाउन सकिन्छ ।

यस नर्सरीमा गर्मी मौसममा हुने लहरे वाली जातका वीउ प्लाष्टिक थैला तथा पातको थैलामा वीउ रोपेर वेर्ना उत्पादन गर्न सकिन्छ । जस्तैः काँक्रो, जुकुनी, करेला, घिरौला, लौका, चिचिण्डो अदि पर्दछन् ।

गुमोज नर्सरी तयार पार्ने तरिका

  • खुल्ला नर्सरीमा उल्लेखित गरे अनुसार ठाउँको छनौट गर्ने ।
  • ठाउँको छनौट गरी सकेपछि माटोको तयार गर्ने । माटो चाही बनको माटो वा कहिल्यै खेती नगरेको जग्गाको माटो भए राम्रो हुन्छ ।
  • आवश्यक सामग्रीहरु जस्तै बाँस वा चोया, ४०० गेजको प्लाष्टिक, प्लाष्टिक तथा पातको थैलो, डोरी, काट्ने र खन्ने औजार, अगार्निक विषादी, वीउ, मल जुटाउने ।
  • मल, माटो र वालुवा माटोको अवस्था हेरी अनुपात मिलाएर एकै ठाउँमा मिसाएर मोल्ने ।

जस्तैः

यदि मलिलो माटो भएमा

  • मलिलो माटो आधा भाग
  • पाकेको मल आधा भाग
  • बायोसाइड म्यानिक र त्रिभि ५ मिलि र ३ मिलि को भाइल (कीरा र रोगको लागि)
  • सख्खर ८० ग्राम
  • पानी २ लिटर

यदि चिम्टाईलो माटो भएमा

  • चिम्टाईलो माटो दुई भाग
  • पाकेको मल दुई भाग
  • वालुवा एक भाग
  • बायोसाइड म्यानिक र त्रिभि ५ मि.लि. र ३ मि.लि. को भाइल (कीरा र रोगको लागि)
  • सख्खर ८० ग्राम
  • पानी २ लिटर

  • पहिला २ प्रकारका जैविक विषादीहरुलाई एक–एक लिटर पानीमा साथै ८०, ८० ग्राम सख्खर समेत हालेर घोली मलमा छर्कने र सबै सामग्रीहरु एकै ठाउँमा मोल्ने ।
  • यसरी माटो तयार भएकोलाई प्लाष्टिक थैलो वा पातको थैलोमा भर्ने । भर्दाखेरी माटो खुकुलो हुनु हुदैन, केही कसिएको हुनु पर्छ । माटो भर्दा थैलो ४ भागको १ भाग जति खाली हुनुपर्छ ।
  • माटो भरेको थैलो ठाडो पारी मिलाएर राख्नको लागि १ मिटर चौडाई, ८ ईन्च गहिराई र आवश्यक्ता अनुसारको लम्वाईको चारकुना मिलाएर सम्म परेको खाल्डो तयार पार्ने ।

वा

  • जमिनको सतह माथि काठ वा बाँसको चारकुने फ्रेम बनाउने ।
  • त्यस खाल्डो वा फ्रेममा माटो भरेको थैलो सिधा ठाडो हुने गरी लम्बाई र चौडाई तिर २–३ से.मी. को फरकमा लाईन मिलाएर राख्ने र एवं रितले थैलो खाल्डोमा भर्दै जाने । लाइन फरक पार्नको लागि बाँसको भाटा प्रयोग गर्न सकिन्छ ।
  • माटो भरेको थैलो मिलाई सकेपछि ढुसीजन्य रोगबाट बचाउनको लागि १ मा जस्तै माटोको उपचार गर्ने ।
  • नियमपूर्वक माटो उपचार गरी सकेपछि १,१ वटा थैलोमा २, २ वटा वीउ नखप्टिने गरी राख्ने र पछि माटोले थैलाको मुखसम्म पुर्ने ।

वीउ रोप्नु भन्दा पहिले ध्यान दिनु पर्ने कुराहरू

लहरे बालीका वीउहरू कडा हुने भएकोले विभिन्न वीउहरूलाई निम्न अनुसार भिजाउनुपर्छ ।

लौका ४८ घण्टा

करेला ३६ घण्टा

घिरौला ३६ घण्टा

काक्रो २४ घण्टा

यसरी भिजाएको वीउलाई सेतो सुतीको कपडामा पोको पारी २४ घण्टासम्म घाम नपर्ने ठाउँमा झुण्डाएर राख्ने र जरा निस्कने भाग नफुटेमा पातमा पोको पारी आलो गोबर भित्र राख्ने वा तातो वस्तु भित्र राख्ने । जरा निस्कने भाग फुटेपछि सो भागलाई माटोमा गाडेर रोप्ने ।

  • अव वीउलाई तातो वनाउनको लागि नर्सरीमा चन्द्राकारको गोलो १ मिटर अग्लो र लम्बाई पट्टी ६ ईन्च छोडेर बाँसको भाटा गाड्ने । गाड्दा खेरी १, १ हातको फरकमा गाड्ने र ३ ठाउँमा तेर्सो भाटा हाली दिने ।
  • त्यसपछि एकसरो भिज्ने गरी सिंचाई गरि दिने । सिंचाई गरी सकेपछि माथिबाट पुरै प्लाष्टिकले ढाकी दिने र जमिनमा चारै तिरबाट माटोले प्लाष्टिकलाई ढाकी दिने । यसरी ढाक्दा कतैबाट हावा छिर्न पाउँदैन ।
  • वेर्नाको पात २,३ वटा भएपछि अलिअलि प्लाष्टिक खोल्दै वाहिरको चिसो हावा खुवाउने । तर वादल लागेको वेला र साँझ परेपछि पहिलाको जस्तै हावा नपस्ने गरी प्लाष्टिकलाई माटोले छोप्ने । घाम लागेको वेलामा पानीको आवश्यक्ता परे सिंचाई गरिदिने र वेर्ना रोप्नु भन्दा २ दिन अगाडि पुरै दिन रात प्लाष्टिक हटाई दिने, विरुवा केही भएन भने जग्गामा वेर्ना सार्दा राम्रो हुन्छ ।

ख) सानो प्लाष्टिक घर वा अग्लो प्लाष्टिक गुमोज भित्र प्लाष्टिक ट्रेमा कोकोपिट भरेर बेर्नाउत्पादन गर्ने प्रविधि

व्यवसायिक तरकारी खेतीको लागि अचेल प्लाष्टिकको ट्रे र कोकोपिट प्रयोग गरि बेर्ना उत्पादन गर्दै आएका छन् । यस प्रविधिबाट हानिकारक ढुसीहरुले नोक्सान पु¥याउन पाउँदैन र साथै बेर्ना मर्ने सम्भावना धेरै न्यून हुन्छ ।

पहिला पहिला कृषकहरुले जमिनमा अस्वस्थ बेर्ना उत्पादन गरी खेतबारीमा बेर्ना रोप्दै आएका थिए । जसलेगर्दा उनीहरुको उत्पादनमा कमी हुँदै आएको थियो ।

अहिले प्रविधिको विकास हुने क्रम सँगसँगै प्लाष्टिकको ट्रे र कोकोपिटमा स्वस्थ बेर्ना उत्पादन हुन थालेको छ र उत्पादनमा पनि बृद्धि हुन थालेको छ । तर अझै पनि यो प्रविधि व्यापकरुपमा कृषक माझ पुग्न सकि रहेको छैन ।यसको लागि सबै निकायहरुले व्यापकरुपमा प्रचार प्रसार गर्नुपर्ने आवश्यकता देखिएको छ ।

प्लाष्टिक ट्रेमा हुने केही विशेषताहरु

यसमा कप आकारको थोरै गहिराई भएको धेरै प्वालहरु हुन्छन् जसमा कोकोपिट र मल मिसाएर भरिन्छ र यसमा सजिलैसँग हावा खेल्न पाउँछ र बीउ पनि सजिलैसंग छर्न सकिन्छ ।

एउटा प्लाष्टिक ट्रेमा १०० देखि २०० वटा गोलभेडाको बेर्ना उत्पादन गर्न सकिन्छ भने त्यही प्लाष्टिक ट्रेमा ५० वटा काक्रा फर्सी जातका बेर्ना उत्पादन गर्न सकिन्छ । प्लाष्टिक ट्रे नरम खालको हुन्छ जसलेगर्दा कोकोपिट सहित बेर्ना झिकेर तुरुन्तै रोप्न सकिन्छ ।

राम्रो गुणस्तर भएको प्लाष्टिक ट्रे ५ बर्षसम्म प्रयोग गर्न सकिन्छ ।

कोकोपिटमा हुने केही विशेषताहरु

कोकोपिट नरिवलको जट्टालाई प्रशोधन तथा निर्मलीकरण गरी बनाईएको हुन्छ जसलेगर्दा यो हलुको भई बेर्नाको जरा राम्रोसँग फैलिन पाउँदछ ।

यस कोकोपिटले आफ्नो तौल भन्दा ६ गुणा बढी पानी सोसेर राख्न सक्ने क्षमता हुन्छ ।

यसलाई बलौटे माटोमा मिसायो भने खँदिलो हुन्छ भने चिम्टाईलो माटोमा मिसायो भने हावा खेल्न पाउँछ र पानी ग्रहण गरि राख्ने क्षमता बढी हुन्छ । यो कोकोपिट निर्मलीकरण गरिएको हुँदा रोगबाट मुक्त भएको हुन्छ ।

यो ईट्टा आकारको चारपाटे हुन्छ र ट्रेमा राख्ने बेलामा फुटालेर मसिनो पारिन्छ ।

बेर्ना उत्पादन गर्ने विधि

प्लाष्टिकट्रेमा बेर्ना उत्पादन गर्नको लागि सर्वप्रथम् कोकोपिटलाई पानीले भिजाउनु पर्दछ र भिजाएको दुई भाग कोकोपिट र एक भाग प्राङ्गारिक मल (गड्यौले मल) राम्रोसँग मिसाएर तयार पार्ने साथै ट्राइकोडर्मा पनि मिसाउन सकिन्छ जसलेगर्दा वेर्नामा रोग लाग्न पाउदैन ।

त्यस मिसिएको कोकोपिट र प्राङ्गारिक मललाई ट्रेको प्रत्येक प्वालमा भर्ने र त्यसमा वीउ रोप्ने र अन्य हेरचाहा माथि उल्लेख गरिएको जस्तै हो ।

यो प्रविधि प्लाष्टिकको टनेल भित्र र बाहिर फिल्डमा पनि बेर्ना उत्पादन गर्न सकिन्छ । यसको फाईदा कोकोपिटले पानी सोसेर राख्न सक्छ र बेर्ना उखेल्नु पर्ने झन्झट हुँदैन कोकोपिट सहित बेर्ना निकालेर रोप्न सकिन्छ ।

वेर्नाको हेरचाह

  • नर्सरीमा आवश्यक चिस्यान कायम राख्नुपर्छ । जाडो महिनामा हरेक दिन वा केही दिन विराएर हजारीले दिनको १०–१२ बजे एकनाससँग पानी दिनुपर्छ । त्यस्तै गर्मी महिनामा पानी दिने काम बेलुकीपख गर्नु राम्रो हुन्छ ।
  • गुमोज भित्र वेर्ना उम्रे पछि घाम लागेको वेलामा जमिनबाट पूर्व तिरबाट अलिअलि प्लाष्टिक खोल्दै चिसो हावामा हुर्कने बानी पार्ने, तर वादल लागेको वेला र साँझ परेपछि प्लाष्टिकले ढाकेर माटोले पुर्ने । पछि वेर्ना सार्नु भन्दा २ दिन अगाडि चौविसै घण्टा प्लाष्टिक खोली दिने, यसोगर्दा वेर्ना कडा हुन्छ र रोप्दा सजिलैसँग हुर्किन्छ ।
  • वेर्नालाई कम्तिमा दिनको १ पटक निरीक्षण गर्नुपर्छ ।
  • वीउ छरेपछि छिटो वा अघि उम्रिएको वेर्नाले वढी उत्पादन दिने भएकोले व्याडमा पटक–पटक गरी पछि वा ढिलो उम्रिएका वेर्नालाई उखेलेर हटाउनु पर्छ । यस्ता वेर्नाले राम्रो उत्पादन दिदैन ।
  • वेर्ना २ पाते भएपछि वा वेर्ना उम्रेको १०–१२ दिनमा गाई भैंसीको गहुँत १ भागमा ४ भाग पानी मिसाएर छरेमा विरुवा हर्लक्क वढ्छ ।
  • वेर्नालाई रोग सहन सक्ने शक्ति प्रदान गर्न पेन्सीबाबा १ मिलि प्रति ५ लिटर पानीका दरले छर्नुपर्छ र ई एम २ मिलि प्रति लिटर पानीका दरले १० दिनको फरकमा वेर्ना र माटो भिज्ने गरी छर्नुपर्छ ।
  • यदि कीराले दुःख दिन थाल्यो भने सूर्ती, वकाईनो, निम, तितेपाती, असुरो, सिस्नु मध्ये जे भेटाउँछ त्यसलाई १ भागमा १० भाग पानीमा मिसाएर २४ घण्टासम्म भिजाएर त्यसको रससँग अलिकति सावुन मिसाई छर्न सकिन्छ ।

वा

  • नीमबाट बनेको विषादी जस्तै मल्टिनीम, मारगोसोम २ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्न सकिन्छ ।

वा

  • पात चुस्ने वा पात खाने कीराले दुःख दिन्छ भने म्यानुयलमा सिफारिस गरेअनुसारको जैविक वा घरेलु विषादी छर्ने ।
  • वेर्ना बाक्लो छ भने छाँट्नु पर्छ नत्र भने वेर्ना कुहिने वढी सम्भावना हुन्छ ।
  • वेर्ना बृद्धिको लागि मल्टिप्लेक्स २ मि.लि. र एटोनिक २ थोपा प्रति लिटर पानीमा मिसाएर वेर्ना भिज्ने गरि छर्ने ।
  • झारपात देखिने वित्तिकै उखेलेर हटाउनुपर्छ र चुच्चे कुटोले हल्कारुपमा खोस्री १ वा २ पटक व्याडमा गोड्नुपर्छ ।
  • वेर्ना कुहिने रोग वा ढुसीजन्य रोग लागेमा जैविक वा घरेलु विषादी छर्ने ।

बेर्ना सार्ने समय

नर्सरीमा वीउ छरेको एक महिना भित्र बेर्ना सार्नुपर्दछ र कम्तीमा पनि ३ देखि ४ पात भएको वेर्ना हुनु पर्दछ । तर बेर्ना सार्दा बेर्नाको जरा धेरै आएको राम्रो हुन्छ ।

बेर्ना सार्ने तरिका

बेर्ना सार्ने बेलामा पहिला नर्सरीमा हल्का सिंचाई गर्नुपर्दछ र त्यसपछि यदि प्लाष्टिकको थैलोमा बेर्ना उत्पादन गरेको छ भने ब्लेडले प्लाष्टिक चिरेर प्लाष्टिकको थैलो हटाउनु पर्दछ र यदि प्लाष्टिकको ट्रेमा बेर्ना उत्पादन गरेको छ भने कोकोपिट सहित ट्रेबाट बेर्ना निकालेर बेर्ना सार्नुपर्दछ ।

रोप्ने दुरी

स्थानीय जातको लागि २×२ मिटर दुरीको फरकमा क्रमश लाईन देखि लाईनको दुरी र बेर्ना देखि बेर्नाको दुरीको फरक हुनुपर्दछ । त्यस्तैगरी वर्णशंकर जातको लागि २×१ मिटर दुरीको फरकमा क्रमश लाईन देखि लाईनको दुरी र बेर्ना देखि बेर्नाको दुरीको फरक हुनुपर्दछ ।

मलखाद

एक रोपनी जग्गामा काँक्रो खेती गर्नको लागि गोठेमल वा कम्पोष्ट वा प्राङ्गारिक मल ४० डोको वा २००० केजी आवश्यकता पर्दछ । तर प्राङ्गारिक तरकारी खेती गर्दा रासायनिक मल प्रयोग नगरिने भएको हुनाले माटोमा कति खाद्यतत्वहरु कति मात्रामा छन् त्यसको जाँच गरेर मात्र प्राङ्गारिक मलको मात्रा मिलाएर हाल्नुपर्दछ । खासगरी माटोमा नाईट्रोजन, फोसफोरस, पोटास र प्राङ्गारिक तत्व जाँच गराउनु पर्दछ । प्राङ्गारिक मल तथा गोठेमल बाहेक जाइम मल १ केजी, मिट मिल २० केजी, हड्डीको चुर्न २० केजी, पिना २० केजी, पोषण दानादार २ केजी, ट्राईकोडर्मा मल २५ केजी, र माटोको भिटामिन १ केजी हाल्नु पर्दछ ।

जग्गाको तयारी र बेर्ना रोप्ने तरिका

सर्वप्रथम काँक्रो खेती गर्नको लागि जग्गामा पानीको निकासको लागि राम्रो प्रवन्ध भएको हुनुपर्दछ । त्यस्तैगरि सिंचाईको पनि राम्रो व्यवस्था भएको हुनुपर्दछ । यदि जग्गामा घाम नपर्ने र हिलो भई रहने ठाउँमा काँक्रोको उत्पादनमा ह्रास आउन सक्दछ ।

पहिला जग्गामा २—३ पटकसम्म राम्रोसँग खनजोत गर्नुपर्दछ ।

यसरी खनजोत गरी सकेपछि माथि उल्लेख गरिए अनुसारको बेर्ना रोप्ने दुरी जग्गामा नापेर ३० से.मि.गोलाई र ३० से.मि गहिराई भएको खाडल खन्दै जानुपर्दछ ।

उक्त खाडलमा केही भाग मलिलो माटोले पुर्ने र त्यसमाथि क्रमश प्राङ्गारिक मल ५ केजी, जाईम मल १० ग्राम, माटोको भिटामिन १० ग्राम, पोषण दानादार १० ग्राम, मिट मिल २०० ग्राम, हड्डीको चुर्न २०० ग्राम, पिना २०० ग्राम, ट्राईकोडर्मा मल २५० ग्राम हालेर माटोसँग मिसाउनुपर्दछ ।

अनि खाल्डोको सबभन्दा माथिल्लो भागमा जमिनको सतहसम्म आउने गरी मलिलो माटोमा मिलाउनुपर्दछ ।

यसरी पुरी सकेपछि खाल्डोकोबीचमा पर्ने गरि बेर्नाको जरा मलमा नपर्ने गरि रोप्नुपर्दछ र बेर्नाको काण्डमा जति माटोले छोपिएको छ त्यति नै माटोले छोपेर हल्का थिच्ने र थिचि सकेपछि हल्का सिंचाई गर्नु पर्दछ ।

यस खालको विधि वर्षा समय बाहेक अन्य समयमा गर्न सकिन्छ ।

त्यस्तैगरी ड्याङ्ग बनाएर रोप्नको लागि एक दुई पटक खनजोत गरि झारपातहरु राम्रोसँग केलाउनु पर्दछ र माटोलाई बुरबुराउँदो बनाउनु पर्दछ ।

यसरी खनजोत गरि सकेपछि सुख्खा तथा गर्मीमा १.५ मिटर र बर्षायमको लागि २ मिटर चौडाई र आवश्यक्ता अनुसार लम्वाई र १५ से.मि. अग्लो भएको ड्याङ्ग तयार पार्नुपर्दछ ।

ड्याङ्ग बनाउँदा प्रत्येक दुई ड्याङ्गको बीचमा ३० से.मि. को फरकमा कुलेसो वा हिंड्ने बाटो बनाउनु पर्दछ ।

माथि उल्लेख गरिए अनुसारको बेर्ना रोप्ने दुरी ड्याङ्गमा रेखाङ्कन गरेर उक्त रेखाङ्कन अनुसार २ फुटको गोलाकार र २ फुट गहिराई भएको खाल्डो बनाउँदै जानुपर्दछ ।

उक्त खाडलमा माथि उल्लेख गरिएको अनुसारको मलहरु र माटो मिलाउनु पर्दछ । त्

यसपछि मलमा नपर्ने गरि रोप्नु बेना पर्दछ र रोप्दा बेर्नाको काण्डमा जति माटोले छोपिएको थियो त्यति नै माटोले छोपेर हल्का थिच्ने र थिचि सकेपछि हल्का सिंचाई गर्नुपर्दछ ।

यस खालको बेर्ना रोप्ने विधि वर्षा समयमा गर्न सकिन्छ ।

थप मलखाद

झोलमा पाईने २ देखि ३ प्रकारका जैविक शुक्ष्म खाद्यतत्व १५ दिनको फरकमा बोटमा छर्ने र केरा र अण्डाको बोक्राको चुर्न, पिना १५ ग्राम २० दिनको फरकमा २ पटक बोटको वरिपरि माटोमा मिलाउदा बोट स्वस्थ हुन्छ ।

थाँक्रा दिने

थाँक्राको लागि बाँसको भाटा र डोरी वा रुखको हाँगा प्रयोग गर्न सकिन्छ जसले बोट र फलमा माटोबाट लाग्ने रोग लाग्न पाउँदैन र फल स्वस्थ हुन्छ । यदि थाँक्रा पाएन भने जग्गामा परालको छापो राख्न सकिन्छ ।

गोडमेल

बे र्ना रोपेको २० दिनपछि एक पटक गोडमेल गर्ने र ३ पटक जति झारपात उखेल्ने गर्नु पर्दछ । यदि प्लाष्टिकको छापो दिई बेर्ना रोपेमा गोडमेलको आवश्यकता पर्दैन ।

सिंचाई

आवश्यक्ता अनुसार एक हप्ताको फरकमा कुलेसोमा पानी लगाउन सकिन्छ वा ड्याङ्गमा थोपा सिंचाई प्रविधि प्रयोग गर्न सकिन्छ ।

काँक्रोको उत्पादन खर्च तथा आम्दानी

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै