थप १ सय १६ जना कोरोना संक्रमितको मृत्यु, ६ हजार ८० जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट १ सय १६ जनाको मृत्यु भएको छ । थप ४ हजार ४ सय ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ०६ पीसीआर परीक्षण र ७ सय ४७ एन्टिजेन गरी जम्मा १४ हजार ७ सय ५२ परीक्षणमा ४ हजार ४ सय ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार ८० रहेको छ । हालसम्म सक्रिय संक्रमण मुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै