गृहपृष्ठ समाचार अध्यादेशबाट बजेट, राष्ट्रपतिबाट अध्यादेश जारी

अध्यादेशबाट बजेट, राष्ट्रपतिबाट अध्यादेश जारी

प्रकाशित मिति:

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीन अध्यादेश एकै पटक जारी गरेकी छिन्।

मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

जेठ १५ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधिसभा विघटन भएपछि अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो ।

सम्बन्धित् समाचार