Monday, June 21, 2021
युनिकोड

मंगलमले कोभिडबाट ज्यान गुमाएका कर्मचारीका परिवारलाई एक वर्षको तलव दिने

काठमाडौं–नेपालको पहिलो सिपिभिसी पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रा.लिले मंगलम केयर नामक आहवान्को सुरुवात गरेको छ।

अहिले कोरोनाको यो दोस्रो लहरले सम्पूर्ण देशको जनमानसमा त्रासको भावना सिर्जना गरेको छ र दिनहुँ सयौँले ज्यान गुमाइरहेका छन् । यस आपत्कालिन अवस्थामा थुप्रै संस्थाहरुले आफ्नो कर्मचारीको लागि विभिन्न कार्यहरू गर्दै आइरहेका छन् ।


यसै व्रmममा मंगलम पाइप्सले पनि सानो प्रयास स्वरुप आफ्ना हरेक ज्यान ग्माएका कर्मचारीहरुका श्रीमान र श्रीमती वा परिवारलाई कर्मचारीको आगामी १२ महिनाको तलवउपलब्ध गराउने भएको छ ।


“मंगलम पाइप्सको लागि आफ्नो कर्मचारीहरू नै पहिचान र शक्तिहुन्। मंगलम पाइप्सको प्रारम्भिक दिनहरु देखि नै आफ्नो कर्मचारीहरुको स्वास्थ्य र सुरक्षा सबैभन्दा प्राथमिक र अत्यन्तै महत्त्वपूर्ण विषय रहेको छ। हामी आशा गर्दछौँ मंगलम पाइप्सको यो सानो प्रयासले उहाँहरुको जीवन अघि बढाउन केहि मद्दत पुर्याउने छ । हामी हाम्रा सबै कर्मचारी र उहाँहरूको परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामनागर्न चाहन्छौं ।”मंगलम इन्डष्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै