Sunday, June 20, 2021
युनिकोड

जसपाका ठाकुर सहितका नेतालाई दोस्रो पटक स्पष्टिकरण

काठमाडौं–जनता समाजवादी पार्टीको विवाद साम्य हुनुको साटो झनै उत्कर्षमा पुगेको छ । जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ।

यो पक्षसँग कार्यकारिणीको बहुमत सदस्य छन् ।

ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई भट्टराई–यादव पक्षले स्पष्टीकरण सोधेको हो।

जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहितका नेताहरूलाई जसपाको बहमुत पक्षले जेठ ११ गते ७२ घण्टे स्पष्टीकरण सोधेकोमा जवाफ नआएसँगै फेरि चारै जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको यादव–भट्टराई पक्षको भनाइ छ।

जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीद्वारा पठाइएको पत्रमा २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ नआएमा पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइएको छ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै