गृहपृष्ठ समाचार प्रसाईंको सहयोग उज्वल थापाको परिवारले नलिने

प्रसाईंको सहयोग उज्वल थापाको परिवारले नलिने

प्रकाशित मिति:

काठमाडौं–विवेकशिल साझा पार्टीका नेता उज्वल थापाको उपचारका लागि व्यवसायी दुर्गा प्रसाईंले गर्ने भनेको उपचार सहयोग परिवारले नलिने भएको छ ।

थापाको परिवारको तर्फबाट विवेकशिल साझाका संयोजक मिलन पाण्डेयले चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको जनाएकाछन् ।

‘यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२ हजार २९१ र नेपालमा बैंक खातामा करिब २६ लाख ५० हजार रुपैयाँ जम्मा भएको छ’ उनले उल्लेख गरेकाछन्, ‘ त्यस खातामा सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ र तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । उज्वलको स्वास्थ्यप्रति तपाईंहरूको साथले हामीलाई आड भरोसा मिलेको छ ।’

उनले प्रसाईंले सहयोग गर्छु भनेको जानकारी पाएको तर अन्यत्रबाटै सहयोग प्राप्त भइरहेकोले अहिलेलाई सहयोग आवश्यक नपरेको उल्लेख गरेकाछन् ।

‘सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासन÷प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ ।’ परिवार उदृत गर्दै भनेकाछन्, ‘हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।’

सम्बन्धित् समाचार