Sunday, June 20, 2021
युनिकोड

गणतन्त्र शासन राष्ट्रिय एकताको सूत्र : प्रदेश प्रमुख कलौनी

सुर्खेत –कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकताको सूत्रमा अझ बलियो गरी बाँध्ने विश्वास व्यक्त गरेकाछन् ।

गणतन्त्र दिवसको शुभकामना दिँदै कलौनीले भनेकाछन्, “नेपालको संविधानले निर्देशित गरेको समाजवादउन्मुख स्वतन्त्र एवम् समृद्ध अर्थतन्त्र निर्माण र उपलब्ध प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गरी दिगो विकासका लक्ष्यहरु हासिल गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्ने अभियानमा सम्पूर्ण राजनीतिक दलहरू र आमजनता एकजुट भएर आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन सफल हुने अपेक्षा गरेको छु ।”

उनले महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टसहित कोभिड–१९ विरुद्धको लडाइमा अग्रपङक्तिमा खटिएर काम गर्नेहरुप्रति उच्च सम्मान गर्दै सङ्क्रममणलाई फैलन नदिन सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड तथा निर्देशनको पालना गर्न सबैमा आह्वान गरेकाछन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै