Thursday, June 17, 2021
युनिकोड

सुदूरपश्चिम सरकारमा एमालेका चारमन्त्रीको इन्ट्री दुईमन्त्रीलाई छुट्टी

धनगढी–एमाले केन्द्रको निर्देशनको विषयलाई लिएर विवादमा रहेको सुदूरपश्चिम प्रदेशसभामा तीन जना मन्त्रीले शुक्रबार दिउँसो राजीनामा दिए । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिएका हुन् ।

दिउँसो राजीनामा दिएर आज्ञाकारी बनेको एमाले संसदीय दलले साँझ फेरि मन्त्री पठायो । जसमा संसदीय दलका नेता प्रकाश शाह अर्थमन्त्री बनेर सरकारका गए ।

तीन मन्त्री फिर्ता गरेको एमालेका शाह सहित चार मन्त्री सरकारमा गए ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशीलाई शपथ ग्रहण गराएका हुन्।

त्यस्तै, सामाजिक विकास राज्य मन्त्रीमा मना साउँद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा अर्चना गहतराजलाई प्रदेश प्रमुख यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

अब सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल ११ सदस्यीय बनेको हो।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै