गृहपृष्ठ वित्तीय निफ्राले सातवटै प्रदेशका अस्पताल-आइसोलेसन केन्द्रहरुलाई गर्यो ४९ लाख रकम सहयोग

निफ्राले सातवटै प्रदेशका अस्पताल-आइसोलेसन केन्द्रहरुलाई गर्यो ४९ लाख रकम सहयोग

प्रकाशित मिति:

काठमाडौं–नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई प्रति अस्पताल -आइसोलेसन केन्द्र सात लाख रुपैयाँका दरले जम्मा ४९ लाख रुपैयाँ रकम सहयोग गरेको छ ।

बैंकले प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताल लाई प्रदान गरिएको हो।

संस्थागत सामाजिक उत्तरदायीत्वलाई प्राथमिकतामा राखी समय समयमा बिभिन्न संघसंस्था लाई सहयोग गर्दै आएकोमा मुलुकमा कोभिड–१९को संक्रमणबाट उत्पन्न बिषम परिस्थितिमा नेपाल सरकारको तिनै तहका सरकारहरु बाट सोको रोकथाम, नियन्त्रण र उपचारमा भएको पहकद्मीको हार्दिक सराहना गर्दै हातेमालो गर्ने निर्णय स्वरूप सहयोग रकम प्रदान गरिएको बैंकले जनाएको छ ।

सम्बन्धित् समाचार