Sunday, June 20, 2021
युनिकोड

नागरिकता अध्यादेश आवश्यकता कि सत्ता स्वार्थ ?

लामो समय देखि संसदमा रहेको नागरिकता विधेयकमा छलफल नगरेर संसद विघटन गरेर एकाएक नागरिकता सम्बन्धी अध्यादेश जारी गर्नु , देखिने नागरिकको आवश्यकतामा ओलीको लुकेको सत्ता स्वार्थ मात्रै त होइन ?

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ मलाई प्रिय लाग्ने यी शब्दसँगै म कहिलेकाहीँ सोच्छु, ‘हाम्रा नेताहरूलाई पनि यो शब्द उत्तिकै प्रिय लाग्छ होला ? सपथ लिँदा प्रतिज्ञा शब्दसँगै आपत्ति हुनेहरू ले यी शब्दमा रहेर सपथ लिन सक्छन् कि सक्दैनन् होला ?’

मलाई यी शब्द प्रिय लागेको म यो देशको नागरिक हुनुले हो । अर्थात मलाई मेरो देश स्वर्ग भन्दा प्यारो लाग्ने भनेको मेरो माटो प्रति मेरो सद्भाव जागेकोले हो । किनकी म यो देशको नागरिक हो । नागरिक हुनको लागि राज्यले पहिचान दिन्छ, मलाई राज्यले दिएको नागरिकतामा आफ्नो पहिचान बोकेर म बाँचेको छु । केही दिन देखि नागरिकताको विषयलाई लिएर चर्चा चलिरहेको छ ।

लामो समय देखि सदनमा छलफल भएर निक्र्यौलमा नपुगेको नागरिकता विधेयक सुटुक्क मारिएको संसदसँगै अस्ताएको छ । नागरिकता विधेयकमा बहस गर्नुपर्ने हो तर यहाँ कुर्सी बचाउने र कुर्सी हड्पने चालबाजमा व्यस्त दलहरूले यस थर्फ ध्यान दिएनन् उल्टो यो बेमौसममा पनि राष्ट्रपतिबाट अध्यादेश जारी गरियो, आखिर यस्तो किन गरियो ?

नेपाली नागरिक भइसकेपछि नागरिकता पाउनु उसको अधिकार हो । त्यसमा पनि मधेसमा नागरिकताको विषय अलि बढी उठ्छ, भलै यो समस्या मधेस बाहेकमा पनि छ । रोटी र वेटीको सम्बन्ध सिमापारी रहेका मधेसका नागरिकबाट नागरिकता उपलब्ध गराउने सहज तरिकालाई दुरुपयोग गर्छन कि भन्ने कुरामा सत्यता होस् नहोस तर देखाइएको त्रास यति मात्र हो ।

तर जे होस् उनीहरूकोलागि नागरिकता विषय अति आवश्यक हो । आज लाखौँ मधेसी नागरिकहरूले पनि नेपालको नागरिकता नपाएको अवस्था छ तर साँच्चै पीडितहरूको पिर मर्काको बारेमा नेताहरू बोलिरहेका छन् त ? त्यस कुरामा भने शंका छ । संसदमा पटक पटक बहसमा आएको कुरा हो । सार्वजनिक महत्व र दीर्घकालिन असर राख्ने कुरामा दलीय सहमति आवश्यक हो तर नेताहरूले जनताका माग र समस्याहरूलाई आफ्नो ठेक्कामा पुरा गराउने विश्वास दिलाउँछन र वर्षौं निर्णयमा नपुगेको विषय रातारात अध्यादेशले टुंगो लगाउँछन् किन ?

नागरिकको समस्यामा खासै चिन्ता नलिनु पटक पटकका परिदृष्य हेर्दा कोही कसैले नक्कली नागरिकताको वैधानिकता खोजी रहेका त छैनन् ? कोही नागरिक नभएर पनि नागरिकता चाहिएको छ भने त्यस्ता प्रवृत्तिको विरुद्ध कुरा उठ्नुपर्छ र उठ्छन् तर मधेसका नागरिक जो साँच्चिकै नागरिक बन्नबाट बञ्चितछन् त्यो कुरालाई संवोधन नगरेर कोही पर भाग्न पाउँदैन ।

दोहोरो नागरिकता बनाउने र त्यसकै आडमा यहाँ पासपोर्ट बनाउन , अपराधबाट बच्न , नेपालको सत्तामा पुग्न र नागरिकताबाट अवैध सुविधा लुट्न नागरिकता भन्ने परिचय पत्रको खोजिरहेका छन् भने त्यस तर्फ सचेत हुनुपर्छ । आफ्नो पार्टी कार्यकर्ताहरूलाई परिचय पत्र उपलब्ध गराए जस्तै गरी आ–आफ्नो सरकार हुँदा जारी गरिएको नागरिकता चुनाव जित्ने हतियार बनाउनु हुँदैन ।

यो समय जसपा अध्यक्ष महन्थ ठाकुर सरकारका लागि निर्णायक थिए । उनी अडान लिन सकेको भए दुवै तिरको प्रस्ताव प्रधानमन्त्रीमा प्रस्तावित हुनसक्ने अवस्था पनि थियो तर त्यता चासो देखाएनन् उल्टो के पी.ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेर नागरिकता अध्यादेश उपहार पाए, यसले ठाकुर र ओलीको अभिष्ट पुरा भएको हो कि साँच्चिकै मधेसी नागरिकको माग पुरा भएको हो ? यति लामो समय संसदमा छलफल गराउन नसक्ने अहिले एकाएक अध्यादेश मार्फत जारी गरिनुमा ओलीको सत्ताको सौदावाजी नभएर के हो ? यो उनको सत्तामा टिक्ने रणनीतिमा मात्र सिमित होस् त्यसभन्दा बढी जहिल्यै नेपालको सत्ताको निर्णयक बन्ने भारतको घुमाउरो रणनीति भए ओलीले क्षमा पाउने छैनन् ।

यहाँ नागरिकता पाउनु पर्छ जायज हो र गलत प्रयोग हुने हो कि शंका नाजायज होइन । भारतको कोठीमा बेचिएका नेपाली चेली बुढेसकालमा उसका दुई चार सन्तान सहित सिमाना कटाई दिन्छ । उनको गल्ती थियो, थिएन । उसका सन्तानको के गल्ती भयो ? तिनीहरूले नेपाली नागरिकता पाउन सक्छ कि सक्दैनन् ? जनयुद्धमा आमाबुबा गुमाएका कयौँ नेपालीका सन्तान सडक बाल बालिका हुँदै कुनै अनाथालयमा आश्रित छन् । तिनीहरूले नागरिकता पाउने कि नपाउने ? यी तमाम समस्याहरूबाट गुज्रिरहेका धेरै मानिसहरू अझै पीडित छन् तिनीहरू को हुन ? यी समस्यालाई यो परिवर्तित नागरिकता सम्बन्धी व्यवस्थाले समेट्नुपर्छ ।

आज नेपाली नागरिकता दुरुपयोग किन भइरहेको हामीले सुनेकै हो । मेरो विचारमा भारतियहरूलाई नेपाली नागरिकता आवश्यक छैन तर पनि किन नागरिकता किनेर बनाउँछन् ? लाखौँ नेपालीहरू विदेशमा होलान् तर करोडौँ नेपालीहरू विदेशमा नेपाली बनेर काम गरिरहेका छन् । आज विदेशमा जति पनि अपराध गरेका अपराधी भनेका छन् ती सबै नेपाली हुन् ? आज विदेशमा पनि नेपाली नागरिताहरुले हाम्रो देश नेपालको बदनाम गराई रहेकाछन् ।

यसरी नागरिकताले नेपाली नागरिकहरूको मान हानी हुने काम रोक्नुपर्छ । वास्तविक नागरिकहरूले मेरो देश भनेर नागरिकता पाउन् तर नागरिकता बनाई दिने लोभमा कार्यकर्ता बढाउन दिनुहुँदैन । पहिले गल्ति कसले गर्यो थाहा छैन । अहिले हामी सजाय भोग्दैछौ । आजको निर्णयले बिसौं बर्ष पछि हाम्रो संन्ततीले अपराध भोग्नु पर्छ । त्यस बेला नेपाली नागरिकता भएको मान्छेले देश चलाई रहेको हुनेछ । हाम्रा नेताहरूले यसमा ध्यान दिन सकुन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै