Thursday, June 17, 2021
युनिकोड

शुक्रबार पनि नयाँ संक्रमितको तुलनामा निको हुने बढी

काठमाडौं–शुक्रबार पनि कोरोनाका नयाँ संक्रमितको तुलनामा निको हुनेको संख्या बढी देखिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको तथ्यांक अनुसार २४ घण्टामा ६ हजार ९ सय ५१ जनामात्र संक्रमित भएका छन् ।

यी संक्रमित १९ हजार ३ सय १६ पिसिआर र ७९७ एन्डिजेन परिक्षणबाट पाइएका हो ।

यो समयमा ९ हजार ८ सय ४१ जना कोभिडमुक्त भएकाछन् । २४ घण्टामा ९६ जनाको कोभिडको कारण ज्यान गएको तथ्यांक प्राप्त भएको छ । तर यो तथ्यांक अगाडि नै मृत्यु भएर नेपाली सेनाले २४ घण्टामा गरेको शव व्यवस्थापनकलाई पनि आधार लिइएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै