Sunday, June 20, 2021
युनिकोड

एम्बुलेन्स चालकलाई कुटपिट गर्ने पक्राउ


गुल्मी ­- नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाका एम्बुलेन्स चालक लाल बहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति, जिल्लाको रेसुङ्गा नगरपालिका –१ धागिथुमका अन्दाजी २५ वर्षका सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।

उनले मङ्गलबार राति एम्बुलेन्स चालक खत्रीलाई कुटपिट गरेका थिए । पीडित खत्रीको परिवारले दिएको ठाडो निवेदनका आधारमा बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिएका छन् ।

घाइते खत्रीको अहिले लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । बोहोरालाई केही दिन हिरासतमै राख्ने र छलफलपछि मुद्धा चलाउने वा नचलाउने भन्ने विषयमा टुङ्गो लाग्ने सूचना अधिकारी पाण्डेले जानकारी दिएका छन् । रासस

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै