Thursday, June 17, 2021
युनिकोड

आर्थिकवृद्धि दर ४.०१ र प्रति व्याक्ति आय १४ सय ८६ डलर पुग्ने अनुमान

काठमाडौं–कोभिड महामारीका कारण आर्थिक वर्ष २०७६/७७ मा आर्थिक गतिविधिमा संकुचन आएको भएतापनि चालु आर्थिक २०७७/७८ वर्षका प्रमुख आर्थिक परिसूचकहरु सन्तोषजनक रहेको अर्थमन्त्रालयको आर्थिक सर्भेक्षणले देखाएको छ ।

शुक्रबार अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्भेक्षण सार्वजनिक गरेको छ

चालु आर्थिक वर्षको अनुमानित राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन(उत्पादकको मूल्यमा) ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ रहने प्रारम्भिक अनुमान रहेको सर्भेक्षणमा उल्लेख गरिएको छ ।आर्थिक वर्ष २७६/७७ मा कोभिड–१९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षमा आर्थिक गतिबिधिमा सुधार आएकोले स्वास्थ्य सङ्कटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षा सहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने अनुमान गरिएको छ ।

साथै आर्थिक वर्ष २०७६/७७ मा कर्णाली र सुदूपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेकोमा चालु आर्थिक वर्ष २०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत भन्दा उच्च रहने अनुमान छ। यद्यपी चालु आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीब्र गतिले फैलिइरहेको कोभिड–१९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण रहेको सर्भेक्षणले देखाएको छ ।

सर्भेक्षण अनुसार चालु आर्थिक वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि क्रमशः२.६ प्रतिशत, ५.० प्रतिशत र ४.४ प्रतिशतले वृद्धि हुने अनुमान छ। त्यसैगरी, चालु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान छ।

आर्थिक वर्ष २०७६/७७ मा कुल लगानी ३० दशमलव ४ प्रतिशतले सङ्कुचन भएकोमा आर्थिक वर्ष २०७७/७८ मा १८ दशमलव १ प्रतिशतले वृद्धि भई १३ खर्ब १२ अर्ब ७१ करोड रुपैया पुग्ने अनुमान छ। कुल गार्हस्थ्य उत्पादनसँग बचतको अनुपात ६.६ पुग्ने अनुमान छ।

त्यस्तै चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन(प्रचलित मूल्यमा) मा ५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११ सय ९१ पुगेको अनुमान भने प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी (प्रचलित मूल्यमा) ४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १४ सय ८६ पुगेको सर्भेक्षणको अनुमान छ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै