Monday, June 21, 2021
युनिकोड

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ


पर्सा ­ -हुण्डी कारोबारमा संलग्न भएको आरोपमा नगद ५३ लाख ८० हजार रुपैयाँ सहित बिहीवार दिउँसा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–६ बस्ने २६ वर्षीय शिव आनन्द गुप्ता र पर्सा वीरगंज महानगरपालिका–११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल रहेको जनाइएको छ ।

वीरगंज महानगरपालिका–८ बीपिसी क्याम्पस नजिकै डेरा गरी बस्ने गुप्ता समेत २ जनाले अवैध वित्तिय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त भएपछि उक्त सूचनाको आधारमा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले वीरगंज महानगरपालिका–११ श्रीपुरबाट जैसवाललाई नगद २४ लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।

त्यसपछि थप अनुसन्धानको क्रममा गुप्ताको डेरा खोजतलासी गर्दा २ वटा झोलामा लुकाई राखेको अवस्थामा नगद २९ लाख ८० हजार रुपैयाँ समेत फेला पारी गुप्तालाई पक्राउ गरेको हो । उनीहरु माथि बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै