संसद विघटनविरुद्ध दायर रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध दायर सम्बन्धी सबै रिट निवेदनमाथि शुक्रबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बिहीबार प्रतिनिधि सभा विघटनविरूद्धका १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो । बाँकी ११ वटा पहिले नै संवैधानिक इजलासमा पठाउने निर्णय भएको थियो ।

त्यस्तै इजलासमा अदालतको मानहानी मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको मुद्दालाई पनि जाने भएको छ । त्रिपाठीले संविधानको धारा ११९ ले संघीय संसदमै बजेट प्रस्तुत गर्ने प्रावधान रहेको र त्यसको वैकल्पिक व्यवस्था संविधानले नतोेकेको भन्दै अध्यादेशबाट बजेट ल्याउन रोक्न माग गरी सदनबाटै बजेट ल्याउन अन्तरिम आदेश दिन माग गरेका थिए ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै