Monday, June 21, 2021
युनिकोड

स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर

तनहुँको ­ -आँबुखैरेनी गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ । करुणा फाउण्डेशन काठमाडौँले गाउँपालिकालाई दुई थान कन्सन्ट्रेटर सहयोग गरेको हो । कोभिड महामारीका बेला संस्थाले गरेको सहयोगले सङ्क्रमितको उपचारमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले कन्सन्ट्रेटर सहयोग गरेकामा संस्थाप्रति आभार व्यक्त गरेका छन् । यसैगरी लायन्स क्लब अफ तनहुँ दमौलीले व्यास नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कोरोना रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन क्लबले नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

क्लबका अध्यक्ष सरोज भण्डारी लगायत पदाधिकारीले नगरप्रमुख न्यौपानेलाई उक्त अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । समाजसेवा नै मूल मन्त्र ठानेर सामाजिककार्यमा सक्रिय युवाहरुको संस्थाले नगरवासीको जीवनरक्षाका लागि उक्त सहयोग गरेको भण्डारीले जानकारी दिएका छन् । “नगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा अक्सिजन अभाव हुन नदिन रु एक लाख २७ हजारको उपकरण सहयोग गरेका हौँ”, उनले भने । नगरप्रमुख न्यौपानेले संस्थाले विगतमा गरेको सामाजिक क्रियाकलापको उच्च मूल्याङ्कन गर्दै सामाजिक काममा आफूलाई सदैव क्रियाशील राख्न आग्रह गरेका छन् । रासस

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै