Sunday, June 20, 2021
युनिकोड

नेवारी परम्परामा जात्रा मोह !

कोभिडले विश्वलाई तर्साई रहेको अवस्थामा भक्तपुरमा नयाँ वर्ष २०७८को बिस्काः जात्रा स्थगित गर्ने सरकारी निर्णयमा भक्तपुरवासीले छातीमा गोली थाप्न तयार भए । प्रशासनले बाध्य भएर स्वास्थ्य सुरक्षाको पालनागरी बिस्काः जात्रा सञ्चालनको अनुमति दिए ।

यसपालिको भक्तपुरको जात्रासँगै अन्य ठाँउको सात गाउँको बिस्काः जात्रा र उपत्यका बाहिर काभ्रे साँगा र श्रीखण्डपुरमा पनि बिस्काः जात्रा पनि धुमधामले हर्ष उल्लासमय वातावरणमा सम्पन्न भएको थियो ।

ललितपुरको मछेन्द्रनाथको जात्रामा भएको विवादमा , जात्रा समितिले अन्य नागरिकहरू समावेश नगरी स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी नियम पूजा गरी एउटा वैधानिक तरिकाले सम्पन्न गर्ने निर्णय गरे ।

यसै गरी साँखुको बज्रयोगिनीको जात्रा प्रहरी प्रशासनको दवावकाबीच पनि स्थानीय नगरवासीहरूको सक्रियतामा संयमित भएर जात्रालाई उल्लासमय बनाए ।

२०७५ को चण्डेश्वरी जात्रा तस्बिर

अहिले कोभिडको दोस्रो लहर चलेको छ ।

भारतमा धेरै मानिसहरूको ज्यान गुमाएको अवस्थामा नेपालमा पनि कोरोनाले यो पटक धेरै मानिसहरूले ज्यान गुमाए र कोरोना भाइरस संक्रमणको अवस्थाले नेपालको मुख्य हस्पिटलहरूमा बिरामीको चापले अस्तव्यस्त बनाएको देखिन्छ ।

यो पटक लामो समय लकडाउन देखि बजार, टोल, सहर सिल गरिएको अवस्था छ । हामी आफ्नो आयआर्जन, व्यापार, व्यवसाय सबैलाई थाती राखेर कोठा भित्र बन्द छौं । आफ्नो घर भित्र बन्देजको अवस्थामा पनि हाम्रो धर्म संस्कृती परम्परालाई कसरी छोड्न सकिन्छ ?

चण्डेश्वरी मार्गमा तैनाथ प्रहरी

मानिस कति समय यसरी कोठा भित्र बन्द भएर बस्न सक्छ ? मानिसको मूलभूत आवश्यकता भनेको के हो ?

सरकार आफ्नै ठाउँमा व्यस्त छ। अहिले भक्तपुरमा फैलिएको कोरोना महामारीको दोष बिस्का : जात्रालाई मानेका छन् ।

भक्तपुरवासीहरूले आह्वान पनि गरेका छन् । कोरोनालाई बेवास्ता नगरौँ । कोरानाबाट बच्नकोलागि सरकारी नियमहरूको पालना गरौँ । यस सन्देशले धेरै ठूलो भूमिका निर्वाह गरेको छ ।

घरको छटमा खट बनाएर चण्डेश्वरीमाईको जात्रा मनाउदै स्थानिय राजु शाक्यको परिवार !

बुद्ध जयन्तीमा पनि बनेपावासीको ठूलो पर्व चण्डेश्वरीको जात्रा यस वर्ष नियमित पाठ पूजा गरेर सम्पन्न गर्ने भएका छन् ।

स्थानीय नगरवासीहरूमा एउटा भय पौराणिक कालदेखि चल्दै आएको यस्ता पर्व जात्रा धार्मिक आस्था बोकेको हुन्छ ।

हाम्रो  आस्थाको जात्रालाई कसरी बन्द गर्ने ? स्थानियमा कुनै अनिष्ठ नहोस् भनेर नै जात्रा चलाएको हुन्छ ।

त्यसैले जनमानसमा जात्रा पूजा पाठ नगरेमा कुनै अशुभ हुने हो की भन्ने त्रास पैदा गरेको हुन्छ ।

त्यसैले बनेपा नगरका समाजसेवी, बुद्धिजीवी ,नगरका प्रतिनिधि प्रशासन सबैको प्रतिनिधीहरुको सल्लाह बमोजिम समितिका सदस्यहरूले बिधिवत पूजा पाठ गरेका छन् भने कोही कसैले आ आफ्नो घर परिवारमा जात्राको स्वरूपमा घर भित्र पनि रथ बनाएर आफ्नो आस्था परम्परालाई जोगाउन भक्ति विश्वासका साथ पूजाआजा गरिएको देखिन्छ ।

स -साना नानीबाबुहरुले आफ्नै किसिमले सानो रथ बनाएर पनि बनेपामा चण्डेश्वरी जात्रा हुबहु रूपमा सम्पन्न गरिएको छ ।

जसले इतिहास र परापुर्बकाल देखि चली आएको प्रथालाई जोगाउनु पर्छ भन्ने सन्देश दिन खोजिएको छ । कोरोनाको महामारीलाई पनि देवी देवता प्राकृतिक प्रकोपबाट देशवासीहरुलाई केही नहोस् ।

चण्डेश्वरीमाको पूजा पाठले हामी सबैको रक्षा गरुन् ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै