Sunday, June 20, 2021
युनिकोड

राहातका नाममा मजाक, अभावको फाइदा उठाउँदै मन्त्री नै मतदाता फकाउने मेलोमा

समाजशास्त्री प्रर्साइ भन्छन्, ‘मन्त्री जस्तो मान्छे, सबै नागरिकको मागको केन्द्रीत रहनुपर्नेका मतदाता रिझाउने र सामान्य अस्पतालमा केन्द्रीत भएपछि मन्त्रीको हैसियत के हुन्छ ? अहिले गरिरहेको काम त वडा अध्यक्षले गर्न सुहाउँछ तर मन्त्री त सदस्य भन्दा पनि तल झरे ।’

काठमाडौं–वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेमगर सोमबार गृह जिल्ला डोटी स्थित डोटी जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरे ।

आफूले खरिद गरेर स्वास्थ्य सामाग्री उपलब्ध गराएको भनेका उनले स्वास्थ्य सामाग्री स्पष्टसँग आफू दाता बनेको जनाउने स्टिकर टाँसेका थिए । उनले वितरण गरेको सिलिन्डर चइनाले अनुदानमा दिएको भनेर आलोचना भएको छ भलै त्यसलाई उनको सचिवालय र मन्त्री आले स्वयमले आफ्नै खर्चमा खरिद गरेको भनेकाछन् तर पनि यसलाई राहातलाई प्रचारवाजी बढी भएको भन्दै आलोचना भएको छ ।

त्यति मात्र हैन उनले आफूले मन्त्री आलेले जिल्लामा अक्सिजनको अभाव नहोस् भन्नको लागि आफूले अर्थमन्त्रीसँग कुरा गरेर अक्सिजन प्लाण्टका लागि एक करोड ५० लाख रकम विनियोजन गराएको भन्दै अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रक्रिया तत्काल थाल्न अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए ।

वनमन्त्री आलेले डोटीमा वितरण गर्न लागेको सिलिन्डर जसमा उनको तस्विर अंकित स्टिकर लगाइएको छ

केही दिन अगाडि ऊर्जा,जश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले आफूना स्वकीय सचिव लिल बहादुर जिसी मार्फत जिल्लामा अक्सिजन सहित केही स्वास्थ्य सामाग्री पठाए । मन्त्री आलेले जस्तै स्टीकर नटाँसे पनि उनको प्रचारवाजी बढी नै गरियो । त्यति मात्र हैन उनले आफ्नै पहलका अक्सिजन प्लान्ट जडानको लागि बजेट विनियोजन गराएको भन्नसम्म भ्याए ।

उर्जामन्त्री टोप बहादुर रायमाझीले स्वास्थ्य सामाग्री जिल्ला पठाउँदै, साथमा मन्त्रालयसँग बजेट माग गरेको पत्र

उनले मात्र हैन त्यही अक्सिन प्लान्टको लागि आफूले पहल गरेको भन्दै लुम्बिनी प्रदेशकी वनमन्त्री कल्पना पाण्डे लम्सालले समेत आफूले स्वास्थ्यमन्त्रीसँग आग्रह गरेर बजेट व्यवस्थापन भएको भन्दै स्वास्थ्यमन्त्री भेटेको फोटो सार्वजनिक गरिन । अर्थमन्त्रालयले १२ वटा अस्पतालमा अक्सिजन प्लान्ट जडानकोलागि केही दिन अगाडि विभिन्न अस्पताललाई अक्सिजन प्लान्टको लागि रकम विनियोजन गरेको थियो ।

विभिन्न अस्पताललाई अक्सिजन प्लान्ट निर्माणको लागि अर्थबाट विनियोजित बजेट

रायमाझी मात्र हैन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्यमा कुमारी अर्यालले पनि अक्सिजन प्लान्ट जडानको लागि आफूले भूमिका निभाएको देखाउने प्रयास गरिन । सामाजिक संजालमा आफूले पहल गरेको देखाउने पत्र संलग्न गर्दै उनले लेखेकी छिन्, ‘कोभिड १९ को दोस्रो लहरले जनताको जीवनमाथि नै चुनौती सिर्जना गरेको बेला प्राणवायु अक्सिजन अहिलेको आधारभुत आवश्यकता बनेको छ। यसै कुरालाई मध्यनजर गरी अब जुनसुकै बेला स्याङ्जामा पर्याप्त अक्सिजनको सुनिश्चितताका लागि अक्सिजन प्लान्ट निर्माण गर्न नेपाल सरकार अर्थ मन्त्रालयबाट १ करोड ५० लाख रकम विनियोजन भइसकेको जानकारी गराउँदछु।’

कृषिमन्त्री पद्मा अर्यालले आफूले माग गरेको पत्र सार्वजनिक गरेकी छिन्

उपप्रधानमन्त्री समेत रही सकेका माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ केही दिन अ िकोभिड नियन्त्रणको अभियानमा एक साता गोरखाका विभिन्न गाउँमा हराए । उनले जिल्ला अस्पताल, स्वास्थ्य मन्त्रालय र विभागको समन्वयमा जिल्लाका विभिन्न स्थानमा शिविर नै संचालन गरे ।

माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखाको एक स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्दै

यी केही उदाहरण मात्र हुन् । महामारीकोबीचमा यस्ता सानातिना अभियानको अभियान्ता बन्ने र आफ्ना मतदातामा पुगेर जश बटुल्ने काममा माथि देखि तलसम्मका नेता कार्यकर्ता लागेकाछन् । सरकारको कोभिड नियन्त्रणमा भएका प्रयासलाई त्यस क्षेत्रको जनप्रतिनिधिले आफ्नो निगाहा संझने र त्यसै अनुसारको सस्तो प्रचारवाजी भएको छ । समाजशाष्त्री दिनेश प्रसाईं नीति निर्माण तहमा बस्ने, सत्ता र शक्तिमा रहेका व्यक्तिहरूका यस्ता क्रियाकलाप देखिनु विडम्बना भएको बताउँछन् ।

‘यस्ता क्रियाकलाप नेताहरूले राम्रोको लागि गरेको भन्दापनि नागरिकसँग जोडिएका साना संस्था आफै खोक्रो बनाएपछि गरिएको नाटक मात्र हो’ उनले भने, ‘खै नागरिकको पहुँचमा रहेको साना संस्थाको सक्रियता ? साना संस्थालाई खोक्रो बनाएर ठूला भनेका नेता त्यसमा लाग्दा त्यसले दिने सन्देश के हो ?’

उनले देशकै नीति निर्माण तहमा बसेर नागरिकमैत्री नीतिको निर्माण गर्नुको साटो सस्तो लोकप्रियतामात्र प्रस्तुत गर्न खोजेको बताउँछन् । ‘मन्त्री जस्तो मान्छे, सबै नागरिकको मागको केन्द्रीत रहनुपर्नेका मतदाता रिझाउने र सामान्य अस्पतालमा केन्द्रीत भएपछि मन्त्रीको हैसियत के हुन्छ ?’ उनले भने, ‘अहिले गरिरहेको काम त वडा अध्यक्षले गर्न सुहाउँछ तर मन्त्री त सदस्य भन्दा पनि तल झरे ।’

उनले एकाध नेतालाई दोष दिनुभन्दा पनि राजनैतिक संस्कार नै यस किसिमको भएको बताए । ‘राजनैतिक संस्कार नै दीगो भएन, सिमित स्वार्थ र प्रयोजनको लागि परिचालित हुने काम भयो’ उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीलाई त संविधानको मतलव छैन, अरुलाई कसरी हुन्छ, यो सेटै त्यस्तो भयो ।’

उनले महामारीका नागरिकको आवश्यकता पुरा गर्न भन्दा पनि यस्ता व्यवहारले नागरिकको समस्याको मजाक उडाएको बताए । उनले भने, ‘एकजना सांसदले जनतामा पुराउँछु भन्दै पाँच थान सिलिन्डर घरमा लगेर थन्क्याउँछ भने त्यसले दिने सन्देश के हुन्छ ? यसले कोही पनि नागरिकको स्वास्थ्य प्रति संवेदनशिल छैनन् भन्ने देखाउँछ ।’

तस्विर : अधिकांश तस्विर सामाजिक सन्जालमा पाइएका हुन्

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै