सफा हिमाल अभियान २०२१ बाट पाँच क्विन्टल फोहोर संकलन

काठमाडौं– नेपाली सेनाले “सफा हिमाल अभियान २०२१” अन्तर्गत पाँच क्विन्टल भन्दा बढी फोहोर संकलन गरेको जनाएको छ ।

सगरमाथा सहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ संचालित उक्त अभियानमा खटिएका टोलीहरुले स्थानीय सरकार, सम्बद्ध संघसंस्था एवं स्थानीयवासिहरुसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै फोहोर संकलन कार्य गरिरहेको सेनाले जनाएको छ ।

गत बैशाख १२ बाट सुरु भएको यो अभियानबाट बिहिबारसम्ममा सड्ने फोहोर ३ सय ५५ किलो र नसड्ने फोहोर ४ हजार ७ सय ९९ किलो गरि ५ हजार १ सय ५४ किलो फोहोर जम्मा गरेको हो ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै