Sunday, June 20, 2021
युनिकोड

बजाजको नयाँशोरुम बल्खुमा

काठमाडौं – नेपालका लागि बजाज मोटर साइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बल्खुमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम आर. एस . अटोहब प्रा.लि को उद्घाटन गरेको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले बल्खुमा पनि शोरुम संचालनमा ल्याएको हो । यस उद्देश्यलाई सार्थक बनाउन आर.एस .अटोहब प्रा.लि. बल्खुका प्रोपराइटर राजेश देशारलाई डिलरसीप प्रदान गरिएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीको अपेक्षा रहेको जनाएको छ । नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, ‘हामी बल्खुमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं ।

हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । बल्खुमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै