Sunday, June 20, 2021
युनिकोड

चिया उद्योगमा आगलागी हुँदा १० लाखको क्षति

इलाम – सूर्योदय नगरपालिका–९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आगलागी हुँदा १० लाखको क्षति भएको छ । आज बिहान साढे ५ बजे आगलागी भई भण्डारमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।

कारखानाका कामदारले चिया पकाउने क्रममा ग्यास चुहिई आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ६ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ ।

आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै