गृहपृष्ठ समाचार यी पाँच देशमा जान स्वीकृति पत्र नपाइने

यी पाँच देशमा जान स्वीकृति पत्र नपाइने

प्रकाशित मिति:

काठमाडौं-सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) जारी गर्ने कार्य स्थगित गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा लागि स्वीकृति पत्र दिने कार्य स्थागित गरेको जनाएको हो।   

कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) विश्वभरनै फैलिरहेको हुँदा गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार बिहीबारदेखि अर्को सूचना जारी नभएसम्म स्वीकृतिपत्र नदिइने जनाएको हो।

स्वीकृति पत्र प्राप्त गरेर पनि ती पाँच देशमा जान नपाइने हुँदा अहिलेलाई स्थगित गरेको मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले जानकारी दिए।

सम्बन्धित् समाचार