Sunday, June 20, 2021
युनिकोड

भजन सुधा सार्वजनिक

ललितपुर – पं हरिहर पोखरेलद्वारा रचित पहिलो कृति ‘भजन सुधा’ (भक्तिगीत) सार्वजनिक भएको छ ।

निवृत्त राष्ट्रसेवक समूहको तेस्रो साधारणसभामा सोमबार समूहका अध्यक्ष शिवराम पौडेल तथा रामचन्द्र मन्दिर भजन उपसमितिका अध्यक्ष विनोद पाठकले संयुक्तरूपमा सो कृति लोकार्पण गरे ।

एक सय ७५ पृष्ठको सो कृतिमा गणेश, दुर्गा, शिव, राम, कृष्ण, हरि, आमा, निर्गुणलगायत अन्य देवीदेवतासँग सम्बन्धित १४२ भजन समाविष्ट छ । उक्त समूहका ज्येष्ठ सदस्य जगन्नाथ घिमिरेसहित अन्य वक्ताले सो कृतिका विविध पक्षमा चर्चा गरेका थिए ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै