Sunday, June 20, 2021
युनिकोड

खप्तडछान्ना गाउँपालिकामा चैते अष्टमीको बिदा

बझाङ – खप्तडछान्ना गाउँपालिकामा आज चैते अष्टमीका अवसरमा सार्वजनिक बिदा दिइएको छ । चैते शुक्ल अष्टमीका दिन मनाइँदै आएको चैते अष्टमी पर्वका अवसरमा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले यही वैशाख ५ गते गाउँकार्यपालिकाले गरेको निर्णयानुसार सार्वजनिक बिदा दिइएको बताए । रोकायाका अनुसार गाउँपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराइएको छ ।

गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पुन: फैलिएकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नाका साथै सामाजिक दूरी कायम गरी भीडभाडमा नजानसमेत आग्रह गरेको छ ।

Leave a Reply

यो पनि पढौं

- Advertisement -spot_img

भर्खरै